logo
  • शनिबार, असोज १० २०८३

मुसिकोट नगरपालिकालाई उज्यालो नगर वनाइदै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, गुल्मी भदौ १३ ।
गुल्मीको मुसिकोट नगरपालिकामा ३८८ घर धुरी अँध्यारोमा रहेको खुलेको छ। नव निर्वाचित मेयर सोमनाथ सापकोटाले कार्यभार सम्हालेको १०० दिनमा उज्यालो नगर घोषणा गर्ने वाचा अनुरुप घरधुरी सर्वेक्षण गर्दा ३ सय ८८ घरमा विद्युत नपुगेको खुलेको हो। कार्यभार सुरु गरेको यहि असोज २४ गते सय दिन पुग्दैछ।

सो अवधि अगाडिनै सवै घर धुरीमा विद्युत पुर्याउन नगरपालिकाले काम सुरु गरेको छ। जस अनुसार आज नगरपालिका कार्यालयमा यस क्षेत्रमा संचालित लघु जलविद्युत परियोजना, तथा सामुदायीक विद्युतिकरण संस्था तथा परियोजनाहरु संग छलफल गरी तत्कालै वाँकी घरमा विजुली पुर्याउने गरि सम्झौता भएको छ।

सम्झौता अनुसार विद्युत नपुगेका घर नजिक रहेको विद्युत परियोजनाले विद्युत पुर्याउनु पर्ने छ भने नगरपालिकाले प्रति घरधुरीको ५ हजारको दरले परियोजनालाई एकमुष्ट रकम हस्तान्तरण गर्ने छ। जसअनुसार सोहि रकम भित्रवाट उपभोक्ताले मिटर वक्स, २५ मिटर सर्विस तार, मेन स्वीच र स्वीच वोर्ड पाउने व्यावस्था मिलाइएको मेयर सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ।

भौगोलिक कठिनाइका कारण त्यति गर्दा पनि विद्युत नपुगे सोलर वाट भए पनि तोकिएकै समयमा उज्यालो नगर घोषणा गरिने मेयर सापकोटाले वताउनु भएको छ।

आज भएको छलफल तथा सम्झौतामा परोपकार वहुउद्धेश्यिय सहकारी संस्था अन्तरगतको लघुजलविद्युत परियोजना, बडिगाड लघुजलविद्युत परियोजना, दरमखोला लघुजलविद्युत परियोजना ए, भिमगाठ लघुजलविद्युत परियोजना, दरमखोला लघुलजविद्युत परियोजना काँडेवास, निस्तिखोला लघु जलविद्युत परियोजना, र करङखोला लघुजलविद्युत परियोजना तथा सामुदायीक विद्युतीकरण संस्था तर्फ आँपचौर, बडागाउँ, कुर्घा र

वामीका सामुदायीक विद्युतीकरण परियोजनाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। नगरपालिकाले सम्वन्धित परियोजनालाई उपभोक्ताको सूची उपलब्ध गराएपछि परियोजनाले विद्युत जोडिदिनु पर्ने सम्झौता गरिएको छ।

त्यस्तै मुसिकोट नगरपालिकाले स्थानिय सडकहरुलाई व्यवस्थित गर्न ६० जना लेन्थओर्कर राख्ने भएको वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटाले जानकारी दिनुभएको छ। नगरपालिकाले वर्षा याममा पनि स्थानिय सडक सुचारु राख्न स्काभेटर भाडामा लिएर काम गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend