logo
  • शनिबार, असोज १० २०८३

विद्यालयको भौतिक सुधारको लागि सरकार धाउनु नपर्ने मेयर गैरेको भनाई


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ भदौ १३ ।
गलकोट नगरपालिका का मेयर भरत शर्मा गैरेले अव विद्यालयको भौतिक सुधारको लागी सरकार संग धाउनु नपर्ने वताउनु भएको छ। आज रिघा फेंदी प्रावि गलकोट ११ रिघाको ४ कोठे भवनको उद्घाटन गर्दै गैरेले विद्यालय खोज्दै स्थानिय सरकार अर्थात गलकोट नगरपालिका विद्यालयमै आउने वताउनु भएको छ।
जनताका धेरै आकंक्षा भएको भन्दै गैरेले भौतिक सम्पन्नताको लागी आवश्यक सवै सहयोग तथा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा उपमेयर रेनुका काउचा, वडा नं. ११ का वडा अध्यक्ष डम्वर श्रीस, शिव मावि श्रोत केन्द्रका श्रोत व्याक्ति दिनेश पन्त, नेकपा एमाले संघिय मामिला तथा स्थानिय विकास विभागका केन्द्रिय सदस्य एवं सोहि विद्यालयका पूर्व प्र.अ. शुनिल शेरचन, संस्थापक ओम वहादुर कुमाल, रत्न लक्ष्मी मावि रिघाका प्रअ दामोदर शर्मा, त्रिभुवन मावि खर्वाङका प्रअ ढालमणि भण्डारी, नेकपा एमाले रिघाका धन वहादुर पुन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झलक थापा कुमालले प्रतिवेदन प्रस्तुत गर्दै सो चार कोठे भवन २३ लाख ६९ हजार मा सम्पन्न भएको जानकारी दिनुभएको थियो। भवनको लागी जिल्ला शिक्षा कार्यालयवाट १९ लाख ५० हजार, रिघा गाविसको तर्फवाट २ लाख १३ हजार, युकेमा रहने रिघाका युवावाट १ लाख ५० हजार, स्थानिय सामुदायीक वनवाट झण्डै १ लाख ५० हजारको सहयोगमा निर्माण गरिएको प्रअ थापाले जानकारी दिनुभएको छ।

त्यस्तै घडेरी खरिदको लागी जिल्ला शिक्षाा कार्यालय लगाएत स्थानियहरु संग चन्दा संकलन गरिएको थियो। ७ लाखको लगानीमा घडेरी खरिद गरि सो भवन निर्माण गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समितिमा निर्वाचित रिघा कै रुपा वि.क., विद्यालयका संस्थापक सदस्यहरु, पूर्व प्रअ, पूर्व व्यावस्थापन समितिका अध्यक्ष, तथा चन्दादाताहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष तिल कुमारी रानाको अध्यक्षता, शिक्षक रिता कुँवरको स्वागत मन्तव्य तथा पूर्व शिक्षक डोलेन्द्र रानाको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend