साझा नेटवर्क
महेश कार्की, दोहा ।
सुदुर पश्चिम सेवा समाज कतारको आयोजनामा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको साथमा गौरा पर्वको अवसर हुन लागेको गौरा बिशेष कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । यहि आउदो सेप्टेम्बर ८ तारिख शुक्रवारका दिन दोहा स्थित गल्फ प्याराडाइज होटलको साभाहलमा हुने भएको छ ।
कार्यक्रममा कतारमा रहेकी राष्ट्रिय लोक दोहोरी गायिका देबिका केसिका साथै नेपालबाट अतिथि कलाकारहरु आधुनिक गायक तथा र्यापर बादल थापा, लोक दोहोरी गायिका अनिता चलाउने, लोक दोहोरी गायक टंक तिमिल्सिना जापानबाट लोक दोहोरी गायक दिलेन्द जोशीका साथ कतारमा रहेका लोक दोहोरी गायक गङ्गा दत्त गिरि हास्य कलाकार राम बाबु बोहराका साथै सु प सास्कृतिक परिवारका कलाकारहरु लगायत कतारका विभिन्न संघ सस्थाका कलाकारको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक प्रेम चलाउने ले जानकारी दिनु भएको छ।
पुर्वका फाटहरुमा यो गौरा भने पछि अनौठो लाग्न सक्छ तर नेपाल सरकारले नै मान्यता दिएको एक र्राष्ट्रिय चाड तथा सुदूरपश्चिमाञ्चलको धार्मिक एवं साँस्कृतिक पर्व हो । यो पर्वको पहिलो दिन बिरुडा पंचमीमा गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा बिरुडाु अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरू द्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडा नै अक्षता र प्रसादका रूपमा प्रयोग हुन्छ।
बिरुडा भिजाएको तेस्रो दिन महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रति(मूर्ति बनाई गौरा घरमाभित्र्याउँछन् । बिबिध धार्मिक अनुष्ठानका साथ गौरालाई गौराघरमा भित्र्याइ सकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी ९ गौरा० को पूजाआजा हुन्छ । यस पछि विसर्जन नगरिएसम्म गौराघर नजिकको चौरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक( आस्था र आपसी(सद्भाव बढाउन मद्दत पु(याउने मात्र नभई यस पर्बमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने तथा ईष्ट(कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।निख्रिदो झरिसंगै पन्चान्न ९ पाँच अन्न ०को बिरुडा उमारेर गौराको सांस्कृतिक यात्रा शुरु हुन्छ । भाद्र शुक्ल अष्टमी भन्दा अघि नै अगस्त उदय भएकोमा बाहेक सामान्यतया भाद्र शुक्ल पक्षमा यो चाड पर्दछ ।
गौरा एकादसि ९ पुत्रदा एकादसि ० बाट नै यो पर्बका अनुष्ठान शुरु हुने भए पनि बिरुडा पञ्चमीदेखी भने प्रत्येक घर आगनमा गौराको रमझम आइसकेको हुन्छ । दसैको जमरा जत्तिकै गौराको बिरुडालाइ पनि सौभाग्यसुचक मानिन्छ। कैलाशपतिकी अर्धांगिनि एबम् हिमालयकी पुत्री पार्बती यो गौरा पर्बको अबसरमा माइत आउछिन भन्ने बलियो जन बीश्वास छ। वास्तवमा हाम्रो देश सीता र पार्बतिको माइति देश पनि हो ।
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुन ले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणहरू मारिदिए पछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरेपछि सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा यो पर्व मनाउन थालिएको भन्ने भनाइ समेत छ।
यहीँ अवसरमा पुर्बी खाडी मुलुक कतारमा कार्यरत सु प बासी को साझा सस्था सु प सेवा समाज कतारले पनि विभिन्न सास्कृतिक कार्यक्रम सङै नेपाल तथा जापानबाट आतिथी कलाकारको साथ मा विभिन्न सास्कृतिक कार्यक्रम को आयोजना गर्दै भब्य रुप मा मनाउन लागेको छ।
कतार मा सस्थापित विभिन्न संघसस्था ,बुद्धिजिबि ,पत्रकार लगायत सम्पुर्णलाई निमन्त्रणा पत्र पठाई सकेको जानकारी दिदै कार्यक्रम संयोजक प्रेम चलाप्रेमले प्राबिधिक समस्य का कारण निमन्त्रणा पत्र नपुग्न गएमा यहि समाचारलाई आधार मानी उपस्थिति का लागि अनुरोध समेत गरेका छ्न।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend