साझा नेटवर्क
अनिल खत्री,गुल्मी भदौ ९।
गुल्मीका २ प्राध्यापकहरुले पार्टी परित्याग गरेका छन् । नेकपा माओवादी केन्द्र संग आबद्ध रहेका प्राध्यापकहरु रेसुङ्गा नगरपालिका वडा नम्बर १ निवासी पदमप्रसाद पाण्डेय र छत्रकोट गाउँपालिका ४ निवासी बुद्धराज न्यौपानेले पार्टी परित्याग गरेको जनाएका छन्।
सोमवार एक प्रेस बिज्ञप्ती जारी गर्दै प्राध्यापकहरुले पार्टी परित्याग गर्दै उक्त पार्टीमा कुनै पनि संलग्नता नरहेको जनाएका छन् ।उनिहरुले नेतृत्वको कार्यशैलि मन नपरेकोले पार्टीमा बसी रहनु उचित नरहेको बताए ।
दुबै प्राध्यापकहरु रेसुङ्गा बहुमुखी क्यामपसमा अध्यापन गराउँदै आएका छन् । न्यौपाने साधारण सदस्य सगै माओवादी केन्द्र संग आबद्ध प्राध्यापक संघमा अबद्ध थिए भने पाण्डेय पार्टीको पूर्व जिल्ला कमिटी सदस्य समेत बनेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend