साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ भदौ ४ ।
राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवती हरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।
भर्खरै मात्र सम्पन्न नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ मा बेष्ट हेयर र मस्ट डिसिप्लिनको अवार्ड जित्न सफल नब मोडल सुष्मा कार्की पनि त्यस्तै त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल सुष्मा कार्की अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन ।
नृत्य र अभिनयमा पोख्त सुष्मा सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । रामेछापकि स्थाई बासिन्दा नब मोडल सुष्मा बाल्यकाल देखिनै काठमाडौँमा बस्दै अनि अध्यन गर्दै आफ्नो भबिष्य कोर्दै अगाडी बढेकी कार्की भर्खर १८ औ बसन्तमा प्रवेश गरेकी छिन ।
हेर्दा पनि आकर्षण छिन, हासी रहने शालीन स्वभाबकि मोडेल सुष्मा यदि कसैबाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन । सानै उमेर देखि नृत्यमा रुचि राख्ने सुष्मा अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोशिषरत छिन । नब मोडल शुष्मा भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।
उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलता को शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend