साझा नेटवर्क
सुर्य चन्द, काठमाडौँ ।
तिज तथा औधोगिक ब्यापार मेला २०७४ भाद्र ७ गते देखि भाद्र २२ गते सम्म गौशालाको बनकालि चौरमा सुरु हुने भएको छ । हिन्दु महिलाहरुको महान चाड तिज नजिकै गर्दा सम्पूर्ण सामानहरु एउटै स्थलमा सर्ब सुलभ तरिकाले पाउने व्यवस्था सहित औधोगिक शान्ति नेपाल सस्थाले उक्त ब्यापार मेला पशुपति मन्दिर परिसरमा रहेको बनकाली चौरमा गर्न लागेको हो ।
हिन्दुहरुको राष्ट्रिय चाड दशैँ तिहार पनि नजिकिदै जादा उक्त मेलाबाट सबै नेपालि दाजु भाइ तथा दिदि बहिनिहरुले लाभ लिन सक्ने र सम्पूर्ण समान एकै ठाउमा पाउने भएकोले पनि यस ब्यापार मेला बाट ग्राहकहरुले भरपुर फाइदा उठाउन सक्नेछन ।

उक्त मेलामा २ सय भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु,कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटोमोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुनेछ ।
मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश निशुल्क रहेको औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले साझा नेटवर्कलाई जानकारी गराएका छन् ।
तिज तथा औधोगिक ब्यापार मेला २०७४ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए साथै उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबर्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उनले आव्हान गरेका छन् र यो मेलाले पशुपति क्षेत्रलाइ धार्मिक पर्यटनकोलागि सहयोग पुग्ने र देश भरका नै नेपालीहरुले समेत लाभ लिन सक्ने कुराको जानकारी पनि उनले गराएका थिए ।
औधोगिक शान्ति नेपाल सस्थाका उपाधक्ष्य राज कुमार खड्का,महासचिब शंकर गुरुङ, कोषाधक्ष्य प्रितम मल्ल तथा बिनोद जैसवालको यस मेला आयोजक कमिटिमा रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend