logo
  • शनिबार, असोज १० २०८३

ह्युमनिटेरियन एडले नेपालका बाढी पीडितलाई सहयोग गर्ने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौ, भदौ ३।
मानवीय सहायता संस्था ह्युमनिटेरियन एडले नेपालका बाढी पीडितहरुलाई सहयोग गर्ने भएको छ ।
सर्वोच्च अदालतले बाढी पीडितका लागि राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिए लगत्तै ह्युमनिटेरियन एडले बाढी प्रभावितको उद्दार र राहतको निम्ती तत्काल रु बिस लाख उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।

ह्युमनिटेरियन एडले अन्तरास्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनल तथा अन्य सामाजिक संस्थाको सहकार्यमा बाढी पीडितलाई सहयोग गर्ने ह्युमनिटेरियन एडका नेपाल स्थित प्रमुख तथा सोलिडारिटी इन्टरनेशनका अध्यक्ष राजेन्द्र गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend