साझा नेटवर्क
ध्रुब क्षेत्री,दोहा।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार आगामी सेप्टेम्बर १ मा हुन लागिरहेको २०१७/०१९ कार्यकालका लागि अनुशासन तथा अनुगमन समितीको सदस्य पदमा शिवराज भटराईले आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन ।
गोरखा अश्रराङ्ग घर (भिमसेन गाउँपालिका वडा नं.६ जन्मनु भएका हाल चितवन टाडि निवासी भट्टराईले अनुशासन तथा अनुगमन समितीको खुल्ला सदस्य तर्फ औपचारिक रुपमा उम्मेद्धवारी दिएको बारे बिभिन्न सामाजिक संजाल अर्थात् फेसबुक मार्फत जानकारी गराउदै,भटराईले, सस्थामा हाल सम्म भएको अनियमितता,अनैतिकता र अब्यबस्थितलाई निराकरण गर्दै सुधार मुलुक बनाउने र सबै बैचारिक संगठन,जिल्ला सस्था तथा बौदिक व्यक्तित्व र नेपाली ब्यबसायिक सँग सहकार्य गर्दै कतारमा रहेका पिडित मजदुर को साथमा रहेर संगठनको गरिममा आच् नआउने गरि मजदुर मैत्री अभियान चलाउने बताए ।
करिब ४ लाखको हारहारीमा नेपालीहरुको साझा सस्था भनेर नेपाल सरकारबाट मान्यता प्राप्त सस्था गैर आबासीय नेपाली संघ कतारमा कार्यत करीब डेड दशक देखी कतारमा रहदै आएका भटराई गोर्खा सेवा समाज कतार , चितवन युवा अभियान लगाएत धेरै संघ सस्थामा आबद्द रहेर मजदुरहरु को हक र हित का लागि सामाजिक अभियान मा काम गर्ने युवा समाजसेबी ले चिर-परिचित बेक्तित्व भएको कतार स्थित सामजिक अभियन्ताहरु बताउछन् ।
येस्तैगरि लमजुङ सेवा समाज कतारका कोषाध्यक्ष बिनोद प्रसाद बसौलाले पनि गैरआवासीय नेपालि संघ कतार को २०१७/१९ कार्यकालका लागि खुल्ला सदस्य तर्फ औपचारिक रुपमा उम्मेद्धवारी दिएका छन्’भट्टराई र बसौलाले कतारमा स्थापित संघ सस्थाका प्रमुख तथा बुद्दिजिबि ब्यबसायिक एबम पंजिकृत सदस्यहरुलाइ आफ्नो अमुल्य मत दिएर आफुलाई जिताउन आग्रह गर्नु भएको छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend