logo
  • शनिबार, साउन ३० २०८३

सामुदायिक रेडियो पुष्पाञ्जली पाँचौ वर्षमा प्रवेश


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिश शर्मा गैरे, गुल्मी भदौ १।
ग्रामिण ईलाकाका जनताहरुलाई सुसचित गर्ने ध्येयका साथ गुल्मीको ग्रामिण ईलाका वामीटक्सारबाट प्रशारण सुरु गरेको सामुदायिक रेडियो पुष्पाञ्जली आजबाट पाँचौ बर्षमा प्रबेश गरेको छ ।

‘सुचना सञ्चार कृषि पर्यटन बिकास र समुन्नत समाज निर्माणको लागी सामुदायिक रेडियो पुष्पाञ्जली’ भन्ने मुल नारा सहित वामी टक्सारबाट यस रेडियोले २०७० जेठ २८ गते प्रत्यक्ष प्रशारण शुरु गरेको थियो भने भाद्र १ अर्थात आजकै दिनबाट नियमित प्रशारण सुभारम्भ गरेको थियो ।

चौथो बर्ष प्रबेशको अबसरमा आज रेडियोले रेडियोका सञ्चालक समिति, शेयर सदस्य, कर्मचारी लगायत बिच रेडियोलाई अझै कसरी अगाडी बढाउने भन्ने बिषयमा अन्तरक्रिया गर्ने जनाएको छ ।

गुल्मीको वामीटक्सारबाट सञ्चालीत यस रेडियोले बिहान ८ बजे तथा बेलुकी ७ बजे सत्य तथ्य खबरहरुको संगालो पुष्पाञ्जली खबर, बिहान १० बजे र दिउँसो २ बजे पुष्पाञ्जली अपडेट तथा अँग्रेजी भाषामा पनि समाचार प्रशारण गर्दे आएको छ भने राष्ट्रिय स्तरका समाचारमुलक प्रस्तुतीहरु तथा बिभिन्न समसामयिक बिषयहरुमा बहस समेत प्रशारण हुन्छन ।

त्यसै गरी बिबिध ज्ञानबद्र्धक, मनोरञ्जनात्मक, तथा समाजमा उत्तरदायित्व बोध गर्ने खालका प्रस्तुती हरु प्रशारण गर्दै आइरहेको यस रेडियोले अधिक मात्रामा समाचारहरु प्रस्तुत गर्ने गरेको छ । अहिले बिद्युत अवरोध भएको कारण रेडियो बिहान र साँझ जेनेरेटर मार्फत प्रशारण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend