logo
  • सोमबार, असोज १२ २०८३

सकियो गुल्मीको रेसुङ्गाको एक महिने साउने मेला


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी साउन ३२।
धार्मिक तथा ऐतिहासिक पर्यटकिय स्थलको प्रचार प्रसार गर्न गुल्मीको ऐतिहासिक तपोभुमी रेसुङ्गामा लागेको मेला सकिएको छ। गुल्मीको सदरमुकाम तम्घासबाट अग्लो शिरमा पर्ने रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिना सम्म मेला आयोजना गरेको थियो । धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा आयोजना गरिएको रेसुङ्गा संरक्षण समितीका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिए ।धार्मिक स्थल पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ। नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन ।एक महिने मेलामा धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु अबलोकन तथा पुजाआजा गर्न आउने गर्दछन् । साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते,साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ ।सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ। केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend