साझा नेटवर्क
कमल पौडेल, गुल्मी साउन ३१ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मुसिकोट नगरकमिटि गुल्मीले आज एक विज्ञप्ती जारी गर्दै दिगामचौर प्राविका शिक्षक विक्रम लिम्बु लाई सोहि स्थानका राजेन्द्र राना कुमालले कुटेको घटनाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
विद्यालयको पोसाकमा रहेको शिक्षकलाई घरजाने क्रममै वाटोमा कुटिनु निन्दनिय खेदजनक रहेको विज्ञप्तीमा भनिएको छ। संगठनका अध्यक्ष राम वहादुर थापाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा जिल्ला शिक्षा कार्यालय, शिक्षक युनियन र शिक्षकका सवै पेशागत संघ संगठनलाई शिक्षक प्रति गरिएको भौतिक आक्रमणको विरुद्ध बुलन्द आवाज उठाउन आहन गरिएको छ।
विज्ञप्तीमा घाइते लिम्बु प्रति सहानुभुति प्रकट गरिएको छ। विज्ञप्तीमा दोसीलाई कडा कार्वाहि गर्न प्रशासन समक्ष माग गरिएको छ।
अध्यक्ष राम वहादुर थापा ९८४७२१५४४०
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend