logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारले खेलाडी राजकुमार थारुलाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, दोहा ।
“प्रवासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार) एक सामाजिक सस्था हो । यस अन्तर्गत साँस्कृतिक र खेलकुद बिभाग रहेका छन ।
दुवै बिभाग सक्रिय रुपमा अघि बढी रहेका छन । म्याग्दी जिल्ला भन्दा फरक जिल्ला मा जन्मनु भएका तर कतारमा रहदा मोना कतारको खेलकुद विभागमा रही लामो समय देखि आफनो खेल कौसलता मार्फत योगदान दिदै आउनु भएका बर्दिया जिल्ला पशुपतिनगर ८, पथरिया निवासी राजकुमार थारु कतार बसाइलाई बिट मार्दै स्वदेश फर्कन लाग्नु भएको घडीमा मोना कतारले उहाको सम्मानार्थ एक बिदाइ कार्यक्रमको आयोजना गरि खादा तथा सम्मान पत्रले सम्मान गरि बिदाइ गरेको छ ।
गएको सुक्रबार साझ दोहाका कर्निसमा आयोजित कार्यक्रम सस्थाका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा खेलकुद बिभाग तथा मोना कतारका केन्द्रिय समितिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । सम्मान कार्यक्रममा बोल्दै खेलकुद सयोजक आकास रसाइलीले थारु अत्यन्त मेहनती र उत्कृस्ट खेलाडी हुनुहुन्छ ।

बर्दियामा जन्मिएर कतारलाइ कर्म भुमि बनाइरहदा उहाले यस सस्थालाई खेल मार्फत गरेको योगदान सधै जिबन्त रहने र आफुले एक कुसल खेलाडीलाइ दोहामा गुमाउनु पर्दा पिडा बोध भएको भन्दै । साथै उक्त कार्यकर्ममा बोल्ने अधिकांश बक्ताहरुले थारुको बाकि जिबन सहज र सुखमय बितोस भन्दै भाबुक मुद्रामा सुभकामना प्रकट गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष पौडेलले खेलाडी भाइको जिबनमा सधै खुसि मिलोस र तपाइले आफनो खेल मार्फत मोना कतारलाई उच्च योगदान पुर्याउनु भएको भन्दै हार्दिक धन्यबाद दिदै कार्यक्रमको समापान गर्नु भएको थियो । उक्त कार्यक्रम सस्थाका महासचिब राजु पौडेलले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend