logo
  • शनिबार, असोज १० २०८३

बडिगाड गाउँपालिका १ दगामा करेन्ट लागेर एक जनाको मृत्यू


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ साउन ३० ।
बडिगाड गाउँपालिका वडा नं. १ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। आज दिउसो वडा नं. १ दगा प्यालपोखरीका १८ वर्षका खड्क वहादुर विकको ज्यान गएको हो।

हिँजो देखि नै अवरुद्ध तल्लो लब्दीखोला लघुजलविद्युत परियोजनाको लाईन मर्मत गर्ने क्रममा एक्कासी करेन्ट प्रवाह भएपछि विकको मृत्यूभएको स्वास्थ्यचौकी तुम्डाडाका अहेव यान वहादुर श्रेष्ठले जानकारी दिनुभएको छ।

पावर हाउसमा सहि समयमा सम्पर्क नहुँदा सो घटना भएको हुन सक्ने स्थानियले वताएका छन्। थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend