साझा नेटवर्क
कमल पौडेल, गुल्मी साउन ३०।
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेका तल्लो तथा उपल्ला दरमखोला लघु जलविद्युत परियोजना संचालन हुन अझै हप्ता दिन भन्दा वढि लाग्ने देखिएको छ। विद्युत अवरुद्ध हुँदा मुसिकोट नगरपालिकाको वामी टक्सार लगाएत बागलुङको खर्वाङ आसपासका क्षेत्रमा संचार सम्पर्क विच्छेद भएको छ ।
नेपाल टेलिकमको जिएसएम सिडिएमए, ल्याण्डलाईन, वाइम्याक्स, एडिएसएल सेवा ठप्प वनेको छ। विद्युत नहुँदा सवैका मोवाईल स्वीचअफ भएका छन्। नेपाल टेलीकम गुल्मीका प्रमुख उमनाथ पोखरेलले विद्युत लामो समय नआउँदा आफुले केहि गर्न नसक्ने वताउनु भएको छ।
२ दिन सम्म त व्याकअपले काम गर्छ नजिक केन्द्रिय लाइन छैन, जेनेरेटर पाइदैन, तम्घासवाट लान सक्ने अवस्था छैन पोखरेलले भन्नु भएको छ। यता विद्युत संचालन हुन अझै केहि दिन लाग्ने देखिएको छ। तल्लो दरमखोला लघु जलविद्युत परियोजनाको नहरको केहि भाग नै पहिरोले वगाएको छ भने वाँध र नहर पुरेको छ।
पुरेको नहर सफा गरिए पनि पहिरोले वगाएको नहर निर्माण गर्न कम्तिमा अझै एक हप्ता लाग्न सक्ने देखिएको छ। त्यस्तै माथिल्लो दरमखोला लघुजलविद्युत परियोजनाको नहर पुरिएको स्थानमा भोली सम्म सफा गर्न सकिने देखिएको छ ।
तर वाँधमा पहिरोले पुरेको तथा विद्युतको हाइटेन्सन लाइन कै केहि पोल पहिरोले वगाएको र भाँचिएकोले विद्युत सुचारु हुन केहि दिन लाग्न सक्ने देखिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend