साझा नेटवर्क
कमल पौडेल, गुल्मी साउन ३०।
गुल्मीको मुसिकोट नगरपालिकामा नागरिकता वितरणको घुम्तेटोली मार्फत ६ सय २९ जना नागरिकलाई नागरिकता वितरण गरिएको छ ।
शनिवार वाट सुरु भएको नागरिकता वितरणमा ४ सय ७५ जना महिला तथा १५४ जना पुरुषलाई नागरिकता वितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेले बताउनुभयो।
जस मध्य वडा नं. १ वाट सवै भन्दा धेरै १ सय ७ जनाले तथा सवै भन्दा कम वडा नं. ३ का १८ जनाले नागरिकता लिएका छन्। मुसिकोट नगरपालिका वडा नं. २ कि मनकला विश्वकर्माले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ।
त्यस्तै गत १५ गते वाट सुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रममा आज सम्म १३ सय जनाले फोटो खिचाएको निर्वाचन आयोगको टोलीले जनाएको छ। फोटो खिचाउने कार्य मसान्त सम्म चल्ने नगरपालिकाले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend