साझा नेटवर्क
राम कुमार श्रेष्ठ, अस्ट्रेलिया।
अबिरल बर्षाको कारण हालसम्ममा देशका २६ जिल्ला बाढीमय भएको छ र कम्तीमा ७० को मृत्यु,५० बेपत्ता र ३४ हजार घर डुबानमा परी देश प्रलयकारी भूकम्पका कारण राहत पाइ नसक्ता नसक्तै फेरि अर्को राष्ट्रिय शोकमा डुबेको छ।
बिस्वको कुनै पनि कुनामा बस्ने नेपाली यस्तो अवस्थामा चैनले बस्न सक्तैनन । भूकम्प पीडितहरुको राहतको लागि बिभिन्न देशबाट जुटाइएको सहयोग यसको ज्वलन्त प्रमाण हो।
प्रत्येक दिनको पीडादायक समाचारका कारण कुडलिएको मनकै परिणाम अस्ट्रेलियाको जिलोङ निवासी रवी शाह र निता शाहले आफ्नी सुपुत्री अग्रणी राज्यलक्ष्मी शाहको अन्न प्रासन कार्यक्रमको लागि तयारी गरिरहेको बेलामा आएको यो राष्ट्रिय शोकका कारण अन्न प्रासन कार्यक्रम नगरी यस्का लागि गरिने खर्च अस्ट्रेलियन एक हजार डलर धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गर्नु भएको छ ।
यस्तो उदाहरणीय कार्यक्रमको थालनीको लागि शाह दम्पति धन्यवादका पात्र हुनुहुन्छ। राम कुमार श्रेष्ठले मेलबोर्न डिक्पल देव पन्तिनी संग कुरा गरिएका अन्तर्वार्ता एक किलिक
भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=6-2g0ITcWU4
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend