logo
  • शनिबार, भाद्र २० २०८३

NRNA NCC कतारको प्रदेश नं ५ सदस्य पदमा बुद्ध पाण्डेको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार अविरल पन्थी, कतार ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको सातौ अधिबेशन (२०१७/०१९) कार्यकालका लागी विभिन्न पदहरुमा उम्मेदवारी दर्ता सगै सरगर्मी बढेको छ । यसैक्रममा गैर आवासीय नेपाली संघ कतार च्याप्टरको पाच नम्बर प्रदेश सदस्य पदमा बुद्ध पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।
गुल्मीको मुसीकोट नगरपालिका वडा नं १ पौदी थाम डाडा घर भइ हाल कतारमा कार्यरत पाण्डेले मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नुपर्छ भन्ने महसुस गरेर आफूले उम्मेदवारी दर्ता गराएको जानकारी गराएका छन् ।

लामो समय देखि समाज सेवामा लागेका पाण्डे गुल्मी सेवा समाज कतारका वर्तमान अध्यक्ष समेत हुन । पाण्डे यतिबेला कतारमा थप जिम्मेवारी सहित सामाजिक क्षेत्रमा सक्रिय बन्दै छन् ।

रोजगारिको सिलसिलामा कतारमा रहनु भएका आदरणीय गैर आवासीय नेपाली दाजु-भाइ तथा दिदि-बहिनिहरु, व्यवसायी, वुद्धिजिवी, पत्रकार, मिडियाकर्मी लगायत सम्पुर्णमा नमस्कार ।

गैर आवासिय नेपाली संघ कतार च्याप्टरको पाच नम्बर प्रदेश सदस्य पदमा मेरो उम्मेद्धवारी ।

विगत लामाे समयदेखि कतारमा कार्यरत रहदै, सामाजिक कार्यहरुमा निरन्तर सक्रिय हुदै गुल्मी सेवा समाज कतारको वर्तमन अध्यक्ष रहेर काम गर्दै गर्दा यहाँहरु सँगको सामिप्यता बढ्दै जादा कतारमा स्थापित संघ-सस्था समुदाय तथा गैर आवासीय नेपाली संघ कतारसँग पनि धेरै नजिक भएर काम गर्ने मौका मिल्यो र यसलाई मैले सेवा गर्ने मौकाको रुपमा महसुस गरेको छु ।

थप जिम्मेवारी भएर आगामी कार्यकालको कार्यसमितिमा नै रहेर सेवा गर्ने ईच्छा भएको हुदा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारकाे आसन्न साताैँ अधिवेशनबाट निर्वाचित हुने २०१७/२०१९ कार्यकालका लागि प्रदेश नम्बर ५ को सदस्य पदमा उम्मेद्वार घाेषणा गरेकाे सहर्ष जानकारी गराउदै सम्पुर्ण प्रदेश न ५ का जिल्ला सस्थाका प्रतिनिधि, वुद्धिजीवी तथा समाज सेवी महानुभावहरु समक्ष सहयोगको अपेक्षा सहित हार्दिक अपिल गर्दछु ।

साथै मेरो नेतृत्वले सिङ्गो प्रदेश नम्बर ५ को प्रतिनिधित्व गर्दै सिङ्गाे गैर आवासीय नेपाली संघकाे अभियानलाई पुर्णता दिन थप उर्जा प्रदान गर्ने छ भन्दै पुर्ण सहयोग, साथ र समर्थनको आशा सहित मेरो उम्मेद्वारी घोषणा गरेको छु। धन्यवाद!

 

विशेष आभार सहित
बुद्ध पाण्डे
NRNA NCC कतारको प्रदेश न. ५ सदस्य (संयोजक) पदका उम्मेद्धवार ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend