साझा नेटवर्क
साझा नेटवर्क, दोहा ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको सातौ अधिबेशन (२०१७÷०१९) कार्यकाल का लागी विभिन्न पदहरुमा उम्मेदवारी दर्ता सगै सरगर्मी बढेको छ । कतारमा विभिन्न सामाजिक संघ सस्थामा सक्रिय रहदै आएका सामाजिक अभियान्ता कपिलस्तुका अख्तर हुसेन गद्दी ले द्धितिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
गद्दी ले एनआरएनए मा आफ्नो उम्मेदवारी लाई स्पष्ट पार्दै कतारमा रहेका नेपाली समुदायमा एनआरएन लाई साझा र भातृसस्थाको रुपमा विकाश गर्दै कतारमा स्थापित सामाजिक संघ सस्थाहरु लाई एकता गदै अगाडि बढ्ने सोचका साथ उम्मेद्वारी दिएको बताउदै आफ्नो घोषणा पत्रमा उल्लेख गरिएको विवरण यस प्रकार छन् ।
सम्पुर्ण गैरआवसीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अपिल आदरणिय गैरआवसीय नेपाली सघंका अग्रज अभियान्ता, पञ्जिकृत सदस्य एवम् सामाजिक अभियान्ता साथै कतारबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अस्सलामुअलैकुम तथा नमस्कार ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतार को सातौ अधिबेशन(२०१७÷०१९) कार्यकालको नयाँ नेत्तृत्व चयन प्रक्रिया अगाडि बढीरहेको छ । यसै क्रममा सामाजिक सस्थाको अनुभबहरु लाई सगाल्दै मैले पनि एनआरएनएएनसीको द्धितिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।
कतारमा रहेका नेपाली समुदायमा एनआरएन लाई साझा र भातृसस्थाको रुपमा विकाश गर्दै कतारमा स्थापित सामाजिक संघ सस्थाहरु लाई एकता गदै अगाडि बढ्ने सोचका साथ उम्मेद्वारी दिएको छु । आदणिय पञ्जिकृत सदस्य महानुभावहरु,हामी रोजगारीको शिलसिलामा प्रदेशिएका लाखौ नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै एकताबद्ध हुदै प्रवासको ठाउमा मातृत्वप्रेम लाई सधै शिरोधार्य गर्दै आइरहेका छौ ।
अगामी दिनमा पनि नेपाली समुदाय लाई यस एनआरएन जस्तो गरिमामय साझा सस्थामा बृहत रुपमा सम्पुर्ण नेपाली लाई समेट्दै थप उचाईमा पु¥याउन कुशल र क्षमतावान नेत्तृत्वको आवश्यक रहेको मेरो ठम्याइ रहेको छ ।
हामी नेपाली हुनुमा गर्ब छ । चाहे मधेश होस वा पहाड या हिमाल नै किन नहोस् । भुगोलले हामी विविध साम्प्रदायिक रहेको साझा फुलबारी हो । हामी एनआरएनको अभियानमा प्रवासका रहेका समस्या लाई चुस्त दुरुस्त गतिमा समाधान गर्दै राष्ट्रिय हितमा हाम्रो ज्ञान सिप लाई प्रयोग गर्न तत्पर हुन आजको आवश्यकता रहेको छ ।
अगामी दिनमा एनआरएनको गरिमा र प्रतिष्ठा लाई विश्व सञ्जालमा फैलाउन अत्यान्तै आवश्यक रहेको छ । सबैको सहयोग को अपेक्षा सहित मत दिइ विजयी बनाउनु हुनेछ भन्नेमा पुर्ण विश्वास लिएको छु ।
अख्तर हुसेन गद्दि
द्धितिय पदका उम्मेदवार
एनआरएनए एनसीसी कतार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend