साझा नेटवर्क
प्रेम सुनार, गुल्मी साउन २९ ।
मोफसलको राजधानी भनेर चिनिने बुटवलबाट सञ्चालित सामुदायिक बुद्ध टेलिभजनको १० औं वाािर्षकोत्सवको अवसर सम्म आई पुग्दा राजधानीबाट सञ्चालति एक से एक ठुला र राष्ट्रिय भनिभएका टिभिजननहरुलाई चुनौती दिएको छ ।
२०६६ साल बैशाख ३१ गते संचार मन्त्रालयमा दर्ता भएको सामुदायिक बुद्ध टेलिभिजनले भोली देखि साता व्यापी १० औ वार्षिकोत्सव मनाईन लागेको उक्त टेलिभिजनले पारिश्रमिकको हकमा राििष्ट्रय टेलिभिजन च्यानलाई चुनौती दिएको हो ।
कतिपय ठुला भनिएका टेलिभिजन च्यानलमा रिर्पोटर त परै जाओस डेक्सका सञ्चारकर्मीहरुले समेत बेलामा तलव खान नपाएको गुनासो वर्षऔं देखि सुनिदै आएको बेला बुद्ध टेलिभिजनका रिर्पोटरहरुको पारिश्रमिक समेत नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसार प्रत्येक महिना कट्न साथ खुवाउँदै आएको छ ।
त्यस टेलिभिजनमा गत दुई वर्ष देखि भैरहवाबाट रिर्पोटिङ्ग गर्दैं आएकी महिला
पत्रकार सरिना मरासीनी भन्छिन–‘हुन त म राष्ट्रिय टेलिभिजनमा पनि काम गर्छु तर पत्रकारिता टिकाउने आधार बुद्ध टेलिभिजन बनेको छ ।’ उनले थपिन–‘ मैले गर्ने राष्ट्रिय टिभि च्यानलमा पारिश्रमिक लिन वर्ष दिन कुर्नु पर्छ तर बुद्ध टिभिमा महिना पुग्न साथ पैसा खातामा आई हाल्छ र मेरो पत्रकारिता टिकेको छ ।
केहि दिन अघि पाल्पामा त्यस टेलिभिजनले पाल्पामा आयोजना गरेको सम्वादाता कार्याशाला गोष्ठीमा पनि प्रत्येक जिल्ला र एरिया रिर्पोटरले बुद्ध टेलिभिजनले देशमै उदाहरणीय कार्य गरेको भन्दै काममा उत्साह जागेको बताएका थिए । त्यस टेलिभिजनका समाचार प्रमुख विक्रम खड्काका अनुसार रिर्पोटर सहित ५० जना सञ्चारकर्मी आवद्ध रहेका छन् ।
हरेक महिना ५ लाख १२ हजार रुपैयाँ तलवमै जान्छ’– त्यस टेलिभिजनका कार्यकारी निर्देशक विष्णुृप्रसाद भुसालले भन–‘ हरेक मशान्तको दिन जिल्ला रिर्पोटरको समेत खातामा पैसा गएको पाईएन भने सिधै रिर्पोटरहरुले म कहाँ फोन गरे हुन्छ ।
उनले मोफसलका कुनै पनि टेलिभिजन संग बुद्ध टेलिभिजनको प्रतिष्पर्धा नै नरहेको दावि गरे । टेलिभिजन सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर फौदारले फोमसलका लागि सफल र उदाहरणीय त बुद्ध टेलिभिजन भई सकेको अव देशभरकै ठुला टेलिभिजन च्यानल संग पनि प्रतिष्पर्धा उन्मुखको अवस्थामा आफुह रहेको बताए ।
उनले ५ नम्वर प्रदेशभरी नै टेलिभिजन देख्न सकिने गरी काम अगाडी बढेको
भन्दै पैसाकै कारण काम गर्ने उत्साहमा कमी आउन नदिने कर्मचारीहरुलाई
ढाट्स स दिए ।र शान्तिका लागि सञ्चार अभियान नामक गैह्र सरकारी संस्थाद्धारा
सञ्चालित उक्त टेलिभिजनका २ सय ५६ जना सञ्चालक सदस्य रहेको प्रवन्ध निर्देश
भुसाल बताउँ छन् ।
सवा एक करोड पुँजी रहेको बुद्ध टेलिभिजनमा तलव सहित मासिक ७ लाख
खर्च कटाएर मासिक ८ लाख आम्दानी हुने हुने भुसालको भनाई छ । १० औं
वार्षिकोत्सव मुल समारोहको सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले
उद्घाटन गर्ने कार्यक्रम रहेको र यस वार्षिकोत्सव पछि टेलिभिजनले थप
फड्को मार्ने अध्यक्ष फौदारको दावि रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend