logo
  • शुक्रबार, साउन ८ २०८३

आरति र बिबेक बने नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को बिजेता


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

सुर्य चन्द, काठमाडौ साउन २९।
नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति लामिछाने र बिबेक शाहले जितेका छन l नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागिमोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ प्रतियोगिताको आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको अन्तिमप्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो lसात जना अन्य प्रतिश्प्रधिहरुलाई पछि पार्दै आरति लामिछानेले बिजेताको ताज चुम्नसफल भएकी छन भने फर्स्ट रनरअप सम्झना रेग्मी, र सेकेण्ड रनरअपमा जेनिशा श्रेष्ठ भएका थिए l त्यसैगरी पुरुष तर्फ आठ जना प्रतिश्प्रधिलाइ उछिन्दै बिबेक शाहबिजेता बनेका छन भने फर्स्ट रनरअप उज्जल केसी र सेकेन्ड रनरअप सलमान अन्सारी भएका छन lप्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथाव्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु को आत्माबललाई उजागर गराउने कार्य गरेकोआयोजक डेभिल सिंह राजपुतले बताए l

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, गायक उदेश श्रेष्ठ, नायिका अनु शाह,शिक्षासेवि सुदन डोटेल रमोडल संजय राज बिक्रम निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए l कोरियोग्राफर दिवस भट्टराइले कोरियोग्राफ्री गरेका “नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७” सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिलेले आयोजना गरेको थियोl

कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर आश्विनी झाले गरेका थिए l यस सौन्दर्य प्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमाहुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतबताएका छन l

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend