logo
  • शुक्रबार, साउन ८ २०८३

रोल्पा जलजला समाज कतारको समिक्षा कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

चोम बिष्ट, कतार ।
रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा २८जुलाई २०१७मा भएको जलजला सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न लग्तै समाजले ११अगस्त २०१७ तारिख शुक्रबारको दिन दोहा स्काइ रेष्टुरेन्ट मा समाजका अध्यक्ष शिव बहादुर बुढाथोकीको सभापतित्वमा समिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा समाजका सल्लाहकार संयोजक बसन्त थापा,सस्थापक तथा सल्लाकार सुर्य बहादुर बिक,चेतमान रोकाको बिशेश उपस्तिथि रहेको थियो भने। समाजका सक्रिय कार्यसमिति पदाधिकारी,सल्लाहकार,बुद्धिजीवी साथै अन्य दोहामा कार्यरत रोल्पाली दाजुभाइको बाक्लो उपस्थितमा रहेको कार्यक्रम संचालन समाजका महासचिव देबराज पुनले गर्नु भएको थियो।

कार्यक्रममा राष्ट्रिय गित बाट आफ्नो जन्मभूमि देश ठाउँ गाउँलाई सम्झिदै सुरुवात गरिएको कार्यक्रममा उपस्तिथि सम्पुर्ण कार्यसमिति भित्र यहाँ उपस्थित रोल्पालि दाजुभाइले समेत समाजप्रतीको भावना तथा बिचार व्यक्त गर्दै समिक्षा कार्यक्रम भएको हुदा समाजका राम्रा नराम्रा कुराहरुमाथी पनि प्रस्तुत गरिएको थियो भने त्यस्तै समाजले गरेको कार्य गतिविधि साथै् आर्थिक पार्दसी प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा उपस्थित सम्पुर्ण माझ चेतमान रोका,सुर्य बहादुर बिक,बसन्त थापा,छवि गुरुङ,चोम बिष्ट लागाएतले समाज अवस्था र पृष्ठभुमि बारेमा प्रष्ट पारेका थिए। भने
कतारलाई बिट मार्दै स्वदेश फर्किदाको समाज र फेरि कतार प्रवेश संगै समाजको कार्यक्रममा उपस्थित हुदाको समाजमा धेरै परिवर्तन रहेको पुर्व तथा वर्तमान सल्लाहकार रुद्र प्रसाद रोका र गोपाल केसिले मन्तव्यमा बताउनु भएको थियो ।

कार्यक्रममा बलराम जैसी,दिल नेपाली,दिल रोका,नबराज पुन,जीवन खड्का,गङा रोका,सुर्य बहादुर खड्का,नर बहादुर बुढाथोकी,कृष्ण घर्तीमगर,नरेश बिक,तिलक बिक,शिवलाल केसि,सुरेश बिक,अनिल खड्का,सोमलाल बिष्ट कुल बहादुर खड्का,बिमल घर्ती लगाएत ले काम कार्य गर्दै जादा कतैन कतै गल्ती कमजोरी भैहाल्छ त्यसै कमजोरीबाट हामिले पाठ सिक्दै नयाँ जोस र जागरुकताका साथमा अगाडि बढ्न र एकताको लागि प्रतिबद्धता जनाउदै समाजका सस्थापकहरु तथा आठौं कार्यकाल सम्म ल्याइपुर्याउनु हुने समाजसेवी सहयोगि साथीहरू जो आज समाजमै आबद्ध अथवा स्वदेशमा रहनुहुने सबैलाई धन्यवाद दिएका थिए।

उक्त कार्यक्रम बाट नयाँ कार्यसमितिमा तीन सदस्यहरु थप समेत गरेको छ जसमा गङ्गा रोका,नर बहादुर बुढाथोकी र बिमल घर्तीमगर रहेका छन। उपस्तिथि सबैले सफल कार्यकालको लागि शुभकामना दिएका थिए। त्यस्तै इच्छुक समाजको कार्यसमिति सदस्यता लिनुहुनेको लागि सदस्यता खुल्ला रहेको र रोल्पालीहरुको लागि साधारण सदस्यता रसिद पनि बितरण गरिएको हुदा आफू रहेको दुरिबाट नजिक पर्ने स्थान र व्यक्त सङ सम्पर्क गरेर साधारण सदस्यता नवीकरण पनि गर्न सकिने समाजले बताएको छ ।

सम्पर्क व्यक्तिहरु : शिव बुडाथोकि ३३३९३०३९, देब पुन ३३९४१०२२,बसन्त थापा ३०१८१०१८, चोम बहादुर बिष्ट ६६०९८८७१, छबि गुरुङ ७०९८७२७८, चेतमान रोका ७७१६४०४०, सुर्य बिक ३०३१३७६२, दिल नेपाली ५५२२७६३०, धिरेन्द्र प्रसाद डांगि ३००१२९२७ लगाएत कार्यसमिति पदाधिकारी कुनैपनि सदस्य सङ जानकारी लिन सक्नुहुनेछ।कार्यक्रमको अन्त्यमा बुढाथोकीले समिक्षा कार्यक्रम सफल रूपमा सब्य एवं भब्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने उपस्थित सबैलाई बिशेश धन्यवादको शब्द बोल्दै आउदा दिनहरुमा सबैको एकताले समाज अझै थप प्रगतिको पदमा अगाडि बढ्ने छ।

यो सामाजिक कार्यमा सबै रोल्पालीको अहम् भुमिका सहयोग साथ रहनेमा आफू ढुक्क रहेको र प्रवासमा पनि केही उल्लेखनीय कार्य गर्दै आएको अवगत गराउदै थप अझै गर्दै जानेछ भन्दै कार्यक्रमलाई समाप्त भएको घोषणा गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend