logo
  • शुक्रबार, साउन ८ २०८३

NRNA NCC कतारको प्रथम उपाध्यक्ष पदमा भेषराज पराजुलीको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

भोला थापा क्षेत्री, कतार ।
गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको आसन्न सातौ अधिवेशन (२०१७–२०१९)कार्यकालका लागी स्याङ्गजाका भेषराज पराजुलीले बरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषाण गरेका छन ।
विगत १८ वर्र्षदेखी कतारमा रोजगारी गर्दै आएका पराजुलीले कतारमा स्थापित भएका सामाजिक संघ संस्थाहरुमा आबद्ध रहेर समाजमा भएका समस्यहरुलाई आत्मा साथ समाधान गर्दै आईरहेका पराजुली स्याङ्गजा सम्पर्क मंचका दुईकार्यकाल अध्यक्ष तथा स्याङ्गजा सेवा समाज कतारका संस्थापक सदस्य पनि हुन ।

उनले कतारमा छरिएर रहेका आमश्रमिकहरुको भावना लाई समेट्दै प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउदै आफ्नो कतार बसाईको दुई दशक देखिको अनुभवलाई मध्यानजर गर्दै गैर आवसीय नेपाली सघं को स्थापना काल देखि नै निरन्तर सक्रिय हुदै (२००५)मा पार्षद सदस्यता लिई गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतार निरन्तर साथदिदै आईरहेको हुदा आम श्रमिकहरु को पक्षमा क्रियाशिल रहि सस्थाको हित र मुल्य मान्यताहरु लाई आत्म साथ गर्दै गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद मा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताए ।

यस्तो छ पराजुलीको घोषण पत्र ।

एनआरएनएएनसीसी कतारको प्रथम उपाध्यक्ष पदमा मेरो उम्मेदवारी
आदणिय सम्पुर्ण कतारमा कार्यरत गैर आवसीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,गैर आवसीय नेपाली संघका अग्रज,पञ्जिकृत सदस्य एवम् पत्रकार मित्रहरु मा हार्दिक नमस्कार ।

गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको आसन्न सातौ अधिवेशन (२०१७–२०१९)कार्यकालका लागी नयाँ नेत्तृत्व चयनको प्रक्रिया अगाडि बढिरहेछ ।

यस परिबेशमा एनआरएनको अभियान लाई निरन्तरता दिदै हाल बर्तमान मौजुदा कार्यसमितको कोषाध्यक्ष पदमा रहि काम गर्दै गर्दा तपाईहरुको सल्लाह सुझाब र मार्गदर्शन लाई आत्म साथ गरी आमश्रमिकहरुको भावना लाई समेट्दै प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।

कतार बसाईको भण्डै दुई दशक देखि कार्यरत रहदै गर्दा विभिन्न सामाजिक संघ सस्थाहरुको अनुभव सगै यस गैर आवसीय नेपाली सघं को स्थापनार्थ काल देखि नै निरन्तर सक्रिय हुदै (२००५)मा पार्षद सदस्यता लिई गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतार निरन्तर रहेको छु ।

कार्यरत आम श्रमिकहरु को पक्षमा क्रियाशिल रहि सस्थाको हित र मुल्य मान्यताहरु लाई आत्म साथ गर्दै गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद मा प्रथम उपाध्यक्ष पदमा मेरो उम्मेदवारी तथा प्रतिबद्धता सबैमा उद्घोष गर्दछु ।

उल्लेखित बुदाँहरु लाई आधार मान्दै यहाँहरुको सहयोग सल्लाह सुझाव तथा मार्गदर्शन लाई आत्म साथ गर्दै अगाडी बढ्ने प्रतिबद्धता सहित गैर आवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषद प्रथम उपाध्यक्ष मा उम्मेदवारी लाई विजयी सुनिश्चताको लागी यहाँहरुको सहयोगको अपेक्षा सहित सबैमा हार्दिताका साथ आब्हान गर्दछु ।
धन्यबाद !

भेषराज पराजुली
प्रथम उपाध्यक्ष (उम्मेदवार)
गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद, कतार

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend