logo
  • शुक्रबार, साउन ८ २०८३

आरति र विवेक बने नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को बिजेता


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

सुर्य चन्द, काठमाडौ साउन २९।
नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति लामिछाने र बिबेक शाहले जितेका छन । नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ प्रतियोगिताको आयोजना गरेको नेक्स्ट सुपर टप्स मोडल नेपाल सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिश्प्रधा राष्ट्रिय नाचघर जमलमा भब्यताको साथ सम्पन्न भएको थियो ।
सात जना अन्य प्रतिश्प्रधिहरुलाई पछि पार्दै आरति लामिछानेले बिजेताको ताज चुम्न सफल भएकी छन भने फर्स्ट रनरअप सम्झना रेग्मी, र सेकेण्ड रनरअपमा जेनिशा श्रेष्ठ भएका थिए l त्यसैगरी पुरुष तर्फ आठ जना प्रतिश्प्रधिलाइ उछिन्दै बिबेक शाह बिजेता बनेका छन भने फर्स्ट रनरअप उज्जल केसी र सेकेन्ड रनरअप सलमान अन्सारी भएका छन ।
प्रतिस्पर्धि युवा युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरु को आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक डेभिल सिंह राजपुतले बताए ।

नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, गायक उदेश श्रेष्ठ, नायिका अनु शाह,शिक्षासेवि सुदन डोटेल र मोडल संजय राज बिक्रम निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।

कोरियोग्राफर दिवस भट्टराइले कोरियोग्राफ्री गरेका “नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७” सौन्दर्य प्रतियोगिता मोडल सङस नेपाल प्रालिलेले आयोजना गरेको थियो ।कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर आश्विनी झाले गरेका थिए ।

यस सौन्दर्य प्रतियोगितामा बिजेता बन्न सफलहरु भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा हुने विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता आयोजना गरिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend