logo
  • शुक्रबार, साउन ८ २०८३

एनआरएनए आईसिसि सदस्यमा कुमार कार्कीको उम्मेद्धारी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, दोहा ।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी १८ अगष्टमा आयोजना हुने महाधिवेशनवाट चयन हुने २०१७ — २०१९ कार्यकालका लागि कुमार कार्कीले आईसिसि सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन् ।
संघका गतिविधिमा सकृय रहँदै आएका कार्की सन् २००६ देखि निरन्तर राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न तह र तप्कामा काम गर्दै आएका छन् । संस्थागत र पदिय जिम्मेवारी वहन गर्ने क्रममा कार्कीले एनआरएनए एनसिसि कतारको २००६ — २००९ को कार्यकालमा कार्यसमिति सदस्य, २००९ को अधिवेशनमा निर्वाचन संयोजक, २०१३ — २०१५ को कार्यकालमा प्रथम उपाध्यक्ष र २०१५ — २०१७ को कार्यकालमा सल्लाहकार संयोजकको पदिय जिम्मेवारी निर्वाह गरि सकेका छन् ।

यसका अलावा कतारको सामाजिक अभियानमा विभिन्न संस्थाहरुमा संलग्न भई सामाजिक अभियान अग्रणि भुमिकामा रहँदै आएका छन् । कार्की हाल कतारको अग्रणि संस्था मोरङसुनसरी सेवा समाज, नेपाल पत्रकार महासंघ र अन्तराष्ट्रिय साहित्य समाज कतार, तेह्रथुम सेवा समाजको सल्लाहकारको रुपमा समेत कार्य गरिरहेका छन् । कार्कीले नेपाल पत्रकार महासघ शाखा कतारको अध्यक्षको रुपमा २००९ देखि २०११ सम्म सफलतापुर्वक काम गरि सकेका छन् ।

समाजको गुणस्तर विकास, युवा शसक्तिकरण र युवा उद्यमशिलता, नेपाली साहित्य विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका कार्की एनआरएन अभियानमा राम्रो दख्खल राख्ने गर्छन् । यथेष्ट संस्थागत अनुभव, कार्यदक्षता, नेतृत्व कुशलता साथै सामाजिक कार्यमा अत्यन्त मेहनति युवा उम्मेद्धार काकीको उम्मेद्धारी नेपाली समाज कतारको लागि महत्वपुर्णं उम्मेद्धारीको रुपमा लिएका छन् ।

कार्कीले सामाजिक संजाल मार्फत उम्मेद्धारीको सार्वजनिकिकरण गर्दै उद्देश्य, प्रतिवद्दतालाई आधारसहित पेश गरेका छन् । कार्कीको उम्मेद्दारी घोषणाको पुर्णपाठ तपसिल वमोजिमको रहेको छ ।

गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदका मेरो उम्मेद्धारी आदरणिय गैरआवासिय नेपाली संघका अग्रज अभियन्ता ज्यूहरु तथा एनसिसि कतारका परिषद सदस्य मित्रहरु, हार्दिक नमस्कार ।

गैरआवासिय नेपाली अभियान नेपाल वाहिर रहेका नेपालीहरुको साझा अभियान हो । यस अभियानलाई नेपाल वाहिर र नेपाल भित्रका नेपालीहरुको साझा अभियानको रुपमा विकास गर्नु साथै नेपालको समृद्दिमा यसको सदुपयोग गनु हामी सवैको कर्तव्य हो । समृद्द नेपाल निर्माण गर्ने संघको उद्देश्य प्राप्ति गर्न प्रशस्त चुनौति र उत्तिकै सम्भावनाहरु छन् । यस अभियानलाई व्यवहारिक र वैज्ञानिक तवरले समयानुकूल बनाउनु हामी सवैको दायित्व हो ।

सन् २००३ मा यस संघको स्थापना गरि विदेशमा रहेका समग्र नेपालीहरुको साझा स.स्था वनाउने अभियानको थालनी गर्ने अग्रजहरु र विशेष गरि कतारमा यस अभियानलाई थालनी गर्ने र एनसिसि कतारको स्थापना गर्ने अग्रजहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यस संघको जिम्मेवार सिपाहि भएको हैसियतले संस्थागत र पदिय अनुभव सँगाल्ने क्रममा सन् २००६ देखि निरन्तर राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न तह र तप्कामा काम गर्दै आईरहेको कुरा यहाँहरुलाई विदितै छ ।

संस्थागत र पदिय जिम्मेवारी वहन गर्ने क्रममा एनआरएनए एनसिसि कतारको २००६ — २००९ को कार्यकालमा कार्यसमिति सदस्य, २००९ को अधिवेशनमा निर्वाचन संयोजक, २०१३ — २०१५ को कार्यकालमा प्रथम उपाध्यक्ष र २०१५ — २०१७ को कार्यकालमा सल्लाहकार संयोजकको पदिय जिम्मेवारीलाई सफलतापुर्वक निर्वाह गर्दै आईरहेको छु । यसका अलावा कतारको सामाजिक अभियानमा विभिन्न संस्थाहरुमा संलग्न भई सामाजिक अभियानलाई निरन्तरता दिदैं आई रहेको छु ।

सो को निरन्तरता स्वरुप र गैरआवासिय नेपाली अभियानलाई संस्थागत, सामूहिक र समय सापेक्ष नेतृत्व प्रदान गर्नलागि आगामी १८ अगष्ट २०१७ देखि प्रारम्भ एनसिसि कतारको सातौं महाधिवेशनमा २०१७ — २०१९ सम्मको कार्यकालका लागि कतारवाट आईसिसि सदस्य पदका लागि उम्मेदवारी दिन निर्णय गरेको छु ।

सम्पुर्ण अग्रजहरु र आदरणिय परिषद सदस्य मित्रहरुको साथ र सहयोग प्राप्त हुने विश्वास सहित तपसिल वमोजिमका उद्देश्य र प्रतिवद्धतालाई आधार सहित पेश गरेको छु ।

उद्देश्य तथा प्रतिवद्धताहरु

१. समृद्ध समाज स्थापना गर्ने अभियानलाइ सार्थकता दिन सक्दो पहल गर्नेछु ।

२. युवाहरुको उद्यमशिलतालाई उजागर तथा प्रवद्र्धन गर्न र वैदेशिक रोजगारीलाई मर्यादित वनाउन पहल गर्नेछु ।

३. सामुहिक लगानीको अवधारणालाई समय सापेक्ष विस्तार गर्न तथा लगानी सुरक्षाको ग्यारेण्टिका गर्न आईसिसि मार्फत सम्वन्धित निकायमा पहल गर्नेछु ।

४. कतारमा रहेका नेपालीहरु (श्रमिक, व्यवसायी तथा उद्यमी) को चुनौति र सम्भावनाहरुलाई पहिचान गर्न र आवश्यक सहयोग साथै साझा समस्याहरुको समाधानका लागि क्षेत्रिय (मध्यपुर्व) एकतामा जोड दिदैं अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गर्नेछु ।

५. स्थापनाकालको परिभाषा वमोजिम १८२ दिन भन्दा वढि नेपाल वाहिर वसेका नेपालीहरुलाई गैरआवासिय नेपालीको दायरामा समेट्न आईसिसि मार्फत पहल गर्नेछु ।

६. संस्थागत हित र विकासका लागि एनसिसि कतार र आईसिसि बिच पुलको काम गर्नेछु ।

७. प्रवासमा नेपाली कला, साहित्य, संस्कृति, खेलकूद, पर्यटन, प्रवद्र्धन गर्न एनसिसि र आईसिसि मार्फत पहल गर्नेछु ।

आधारहरु

१. समृद्ध समाज स्थापना गर्ने एनआरएनएको अभियनलाई सहयोग गर्न कतारको नेपाली समाजको वृहत्तर हित तथा सामाजिक अभियानलाई गुणस्तरिय वनाउनका लागि एनआरएनए एनसिसि कतार र आईसिसि सँगको समन्वयमा सम्वन्धित निकायको सहभागिता सहित प्रभावकारी कार्यक्रमहरु गर्ने प्रयास गर्नेछु ।

२. वैदेशिक रोजगारमा रहेका युवाहरुको सिप र पुँजीको परिचालन गर्न तथा युवाहरुमा रहेको उद्यमशिलतालाई उजागर गर्न एनसिसि कतार र आईसिसिको संलग्नतामा “युवा टे«ड फेयर”, “सेमिनार” र गोष्ठिको आयोजना गरिे सिप र ज्ञान साटासाट गर्ने तथा युवाहरुमा रहेको क्षमतालाई अभिवृद्दि गर्ने प्रयत्न गर्नेछु ।

३. गैरआवासिय नेपाली संघले २००९ मा ल्याएको सामुहिक लगानीको अवधारणालाई समय सापेक्ष वृहत रुपमा अघि वढाउन कतारमा स्थापित संघ संस्थाहरुको मातहत तथा स्वतस्फुर्त स्थापना भएका आर्थिक समुहहरुसँग समन्वय गर्ने तथा ति संस्था तथा समुहरुले एकिकृत गरेको पुँजीलाई नेपालमा लगानी गर्न कानुनि तथा परामर्शका कार्यक्रमहरु गर्न एनसिसि कतार र आईसिसिको समन्वयमा सम्वन्धित निकाय मार्फत पहल गर्नेछु ।

४. कतारमा कार्यरत नेपालीहरु (श्रमिक, व्यवसायी, उद्यमी आदि) को चुनौतीहरुहरुको पहिचान गरि तिनको न्युनिकरण गर्न तथा सम्भावनाहरुको अध्ययन गरि एनसिसि कतार र आईसिसिको सहयोग तथा सहकार्यमा प्रभावकारी कार्य गर्ने प्रयत्न गर्नेछु । यसका लागि क्षत्रिय एकतामा जोड दिदैं मध्यपुर्वका एनआरएनए पदाधिकारीहरु तथा अभियन्ताहरु सँग समन्वय गरि मध्यपुर्वका साझा समस्याको न्युनिकरणको पहल गर्नेछु ।

५. एनआरएन आईसिसि र सो का विषयगत कार्यदलहरुसँग समन्वय गर्ने तथा विभिन्न सेमिनार भेला र वैठकहरुमा यस विषयलाई प्रमुख मुद्दाका साथ अघि वढाउने छु ।

६. संस्थागत हित र विकासका लागि आईसिसि सदस्यको हैसियतवाट एनसिसि कतारको वृहत्तर हितका लागि आईसिसि सँग समन्वय गर्ने कार्य गर्नेछु साथै एनसिसि कतारको कार्य सम्पादनमा सहयोग गर्नेछु ।

७. कतारमा रहेका नेपालीहरुमा रहेको कला, साहित्य, सँस्कृति र खेलकुदको प्रवद्र्धन गर्न सम्वन्धित संस्थाहरुसँग समन्वय गर्ने र एनसिसि र आईसिसिको सहयोग लिने कार्यका लागि पहल गर्नेछु । त्यसका साथै कतारमा रहेको आप्रवासी तथा कतारी नागरिकहरुलाई नेपालको वारेमा जानकारी गराई नेपाली पर्यटन प्रवद्र्धनको लागि प्रयत्न गर्नेछु ।

विशेष आभार सहित

कुमार कार्की
एनआरएनए आईसिसि सदस्यको उम्मेद्धार (कतार)

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend