logo
  • शुक्रबार, साउन ८ २०८३

NRNA NCC कतारको महासचिव पदमा नवराज बिकको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
एनआरएनए कतारको अधिवेशन नजिकै गर्दा दोहामा उमेद्वारी दिनेको भिड लाग्ने गरेको छ । सातौं अधिवेशनको लागी उमेद्वारी दिने क्रमसंगै तनहुँका नवराज बिकले पनि एनआरएन कतारको महासचिव पदमा उमेद्वारी दिएका छन् । उमेद्वारी दिने म्याद सकिएसंगै उमेदवारहरुले आफ्नो जित सुनिश्चित गर्नको लागी प्रक्रिया थालिसकेका छन् ।

तनहुँका स्थानीय बिकले एक दशकको अवधिमा विभिन्न सामाजिक संघ सस्थाहरुको अनुभव, ज्ञान र सिपलाई सगाल्दै आम श्रमिकहरुको हितमा कृयाशिल रही नेपाली समुदायको भावनाको सम्मान गर्दै नेपाल र कतार बिचको सम्बन्ध लाई घनिभुत बनाउदै सस्थाको हित र मुल्य मान्यताहरु लाई आत्मसाथ गर्दै महासचिब पदमा उम्मेदवारी दिएको सबैमा जानकारी जानकारी गराएका छन् ।

गैरआवसीय नेपाली सघंको अभियानलाई निरन्तरता दिदै पार्षद सदस्यको रुपमा (२०११–२०१३) कार्यकालमा साहित्य विभागको उपप्रमुख, त्यसै गरी (२०१३–२०१५) कार्यकालमा युवा संयोजक साथै बर्तमान (२०१५–२०१७)मा गैरआवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषदको मिडिया पब्लिकेसन सेन्टर सदस्य (MPC) मेम्बरको जिम्मेवारीलाई सफलतापुर्वक समाली सकेका छन् ।

सामाजिक यात्राको क्रममा प्रवासको ठाउमा नेपाली समुदायबाट हरेक दुःख सुखमा साथ र समर्थन निरन्तर रुपमा पाएको बताउने उनले यसका अलवा समाज र परिबेश लाई नजिकबाट नियाल्दै जीवनमा महत्वपुर्ण पाठ सिक्ने अवसर समेत पाएकोमा सबैमा कृतज्ञ प्रकट गरेका छन् ।

विश्व सञ्जालमा फैलिएको यस गैरआवसीय नेपाली सघंको उद्धेश्य प्राप्तिका लागी एन आर एनए एनसीसी कतारको महासचिब पदमा आफ्नो उम्मेदवारीलाई उपर्युक्त ठान्दछन् । यसका अभियानलाई सार्थक विन्दुमा पु¥याउन सम्पूर्ण पार्षद सदस्यहरुको मत र सहभागिताको अपरिहार्यता रहेको उनको भनाई छ ।

सम्पुर्ण गैरआवसीय नेपालीहरुको हित र प्रगतीको पक्षमा विशुद्ध समाजिक भावनाले अगाडी बढ्ने उनको विश्वासलाई सफल बनाउन पुर्ण अपेक्षा निम्न र उद्धेश्य प्राप्तिका लागी उनले आफ्नो उम्मेदवारी दावी गर्दै आफ्नो प्रतिबद्धता यसरी सार्वजनिक गरेका छन् ।

१, रोजगारीको क्रममा कतारमा आई ठगीमा परेका शोषित पिडित नेपालीहरुको हितमा समस्या पहिचान गरी समाधान मा पहल गरिनेछ ।

२,कतारमा स्थापित विभिन्न सामाजिक संघ सस्थाहरु सग सहकार्यता गर्दै रचनात्मक तथा अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्नमा जोड दिइनेछ ।

३,कतारमा कार्यरत श्रमिक नेपालीहरु लाई यहाँको कानुन, भाषागत ज्ञान,ट्राफिक नियम,सेफ्टि तालिम, नेत्तृत्व अभिवृद्धि तथा सिप र क्षमता विकास तालिम लगायत सम्बन्धि बस्तुगत अवस्थाको सुस्म अध्यान गरि प्रत्यक्ष रुपमा लाबन्धित बनाउन लागी जोड दिइनेछ ।

४,नेपाली कला संस्कृति साहित्य तथा खेलकुद जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तर्र्रािष्ट्रय स्तरमा परिचित गराउन प्रयत्न गरिने छ ।

५,नेपाली कल्चर सेल्टरको स्थापना गर्न तिब्रता दिइनेछ । साथै नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार गर्न जोड दिइनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend