साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको १७ -१९ कार्यकालका लागि अध्यक्ष पदमा मोहम्मद मुक्तदा मुसलमानले उमेद्वारी दिएका छन् ।
अध्यक्ष पदका उम्मेद्धवार मुक्तादाको घोषणा पत्र यस्तो रहको छ ।
आदरणीय गैरआवसीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अस्सलामुअलैकुम एवम् नमस्कार । विश्व संजालमा फैलिएको एनआरएनएको अभियान लाई निरन्तरता दिदै हाल बर्तमान मौजुदा कार्यसमितीको सचिवालय सदस्य पदमा रहि आफ्नो जिम्मेवारी बहन गरिरहको सबैमा अवगत नै छ ।
मैले विभिन्न सामाजिक सघंसस्थामा सिकेका सिप,क्षमता र ज्ञान लाई नेपाली समुदायको हितमा लाग्ने प्रण सहित आशन्न गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको सातौ अधिबेशन (२०१७–०१९) कार्यकालका लागी अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेको छु ।
“नेपालीका लागी नेपाली” भन्ने मुल नारा लाई आत्मसाथ गर्दै एनआरएनए को अभियानमा सम्पुर्ण नेपालीको एकता,समृद्ध नेपाल र परिवर्तन मा सबैको सहभागिता लाई जोड दिदै कतारमा रहेका नेपाली समुदायको हितमा प्रतिबद्ध भएर लाग्ने दृण विश्वासका साथ मेरो उम्मेदवारी रहेको छ । एनआरएनको आभियान लाई पुर्णता दिन निम्न उद्धेश्यका साथ मेरो उम्मेद्वारी रहेको छ ।
१,कतारमा कार्यरत श्रमिक नेपालीहरुको समस्या पहिचान गरी समाधनमा मा जोड् दिइनेछ ।
२,नेपाली कला संस्कृति भाषा,साहित्य तथा रितीरिवाज लाई विश्व समुदायमा चिनाउनका निम्ति कतारमा कल्चर सेन्टर खोल्न लाई तिब्रता दिइनेछ ।
३,कतारमा नेपाली समुदायका बालबालिकाहरुको लागी स्कुल खोल्न सम्बन्धित निकाय सग पहल गरिनेछ ।
४,खेलकुद क्षेत्रको विस्तारका लागी खेलाडिहरुको अन्तर्राष्ट्रिय स्तरमा ब्यावसायीक तथा दक्षताबृद्धिका लागी प्रयत्न गरनेछ ।
५,नेपाली उत्पादन लाई कतारको बजारमा प्रर्बद्धन गर्न विशेष पहल गरिनेछ ।
६,कतारको लगानी लाई नेपालमा लैजान विशेष पहल गर्दै कृषि क्षेत्रको स्तरउन्नोतिमा जोड दिइनेछ ।
७,पर्यटन प्रबद्र्धनमा अन्तर्राष्ट्रिय नागरिकहरु लाई नेपाल भ्रमण मा प्रेरित गरिनेछ ।
८,श्रमिकहरु लाई भाषागत ज्ञान तथा ट्राफिक नियम सेफ्टी तालिम जस्ता विविध हितमुलक कार्यमा पहल गरिनेछ ।
९,विभिन्न समस्या मा परेका नेपाली श्रमिकहरु लाई कानुनी जटिलता तथा कोमा मा रहेका विमारीहरु लाई उद्धार गर्नमा पहल गरिनेछ ।
१०,घरेलु कामदारको रुपमा आउने नेपाली महिलाहरु लाई कानुनी रुपमा ब्यवस्थित गर्न पहल गरिनेछ ।
११,एनआरएनको हरेक गतिविधिहरु लाई समुदायमा पार्दशी ढङ्ग बाट प्रस्तुत गरिने छ ।
१२,कतारमा स्थापित सम्पुर्ण संघसस्थाहरु लाई एकता गर्दै एनआरएनको अभियान लाई पुर्णता दिन जोड दिइनेछ ।
उल्लेखित बुदाहरु लाई आधार मान्दै तपाईहरुको सल्लाह सुझाब आत्मसाथ गरी अगाडि बढ्नेछु । मेरो उम्मेदवारी लाई पुर्णता दिन अमुल्य मत दिइ विजयी गराउनुहुनेछ भन्ने पुर्ण आशा एवम् विश्वास लिएकोछु ।
एनआरएनएएनसीसी कतार
अध्यक्ष पदको उम्मेद्वार
मोहम्मद मुक्तदा मुसलमान
ब्यक्तिगत परिचय
नाम : मोहम्मद मुक्तदा मुसलमान
ठेगना : सुद्धोधन गाउ पालिका–६ गौरीगन्ज,कपिलबस्तु
उमेर : ३४ बर्ष
पेशा तथा ब्यवसाय : काठमाण्डौ टेड्रिङ एण्ड कन्ट्रयाटिङ कम्पनी, खाधन्न आयत तथा निर्यात साथै निर्माण क्षेत्रमा लगानी ।
कम्पनीमा लगभग ३०० जना भन्दा बढी कामदारहरु कार्यरत रहेका छन् ।
सामाजिक संघ सस्थामा संग्लनता
एनआरएनएएनसीसी कतार को बर्तमान मौजुदा कार्यसमितीको सचिवालय सदस्य
कपिलबस्तु मुस्लिम समाजको संरक्षक
नेपाली मुस्लिम समाज कतार,सल्लाहकार
बुद्धभुमी कपिलबस्तु समाज, सल्लाहकार
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend