logo
  • शुक्रबार, असोज ९ २०८३

नेविसंघ गुल्मीको जिल्ला अधिवेशन असोज ३ र ४ गते हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी साउन २८ ।
नेपाल बिद्यार्थी संघ गुल्मीको जिल्ला अधिवेशन असोज ३ र ४ गते हुने भएको छ । शनिबार बसेको जिल्ला कार्य समितिको बैठकले जिल्ला तथा क्षेत्रका अबिधेशनको मिति तोकेको छ ।

बिपि स्मृति भवनमा सम्पन्न उक्त बैठकले आफ्नो १२ औ जिल्ला अधिबेशन सफल पार्नको विभिन्न बिषयमा छलफल समेत गरेको थियो ।

बैठकले आगामी भदौ १८ गते सम्म जिल्लामा रहेका सम्पुर्ण मावि र क्याम्पसमा इकाइ अधिबेशन सम्पन्न गर्ने र भदौ २६ गते क्षेत्र नं १ मा २८ गते क्षेत्र नं २ मा र ३० गते क्षेत्र नं ३ मा क्षेत्रीय अधिबेशन सम्पन्न गर्ने निर्णय भएको संगठनका कार्यबहाक अध्यक्ष झविन्द्र पाण्डेयले बताए ।

गुल्मी जिल्लाको ऐतिहासिक जिल्ला अधिबेशन सम्पन्न गर्न पार्टी, भातृसङ्गठनहरु, शभवेच्छुक लगायत सम्पुर्ण महानुभावहरुलाइ सहयोगको लागी पाण्डेयले अनुरोध समेत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend