साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन २७ ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि गुल्मीको सदरमुकाम तम्घासमा रहेको गुल्मी युनाइटेड युवा क्लबले भव्यताका साथ रोपाईजात्रा महोत्सव गर्ने भएको छ । परम्परागत संस्कृतिको संरक्षण सम्वद्र्धन गदै आफ्ना कला,भाषा,प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्य सहित क्लबले यो वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
क्लबको बैठक बसी साउन २८ गते बिहान बाघमारे देखि मिलनचोक मन्दिरसम्म सरसफाई गर्ने,३० गते प्रचारप्रसार सहित मोटरसाइकलन ¥याली गर्ने ३१ गते रोपाईजात्रा निकाल्ने निर्णय गरेको छ ।
विभिन्न बाजागाजा सहित लोपोन्मुख वाली गीत तथा समाजमा रहेको विभिन्न विकृति विषङ्गती प्रति व्यङग्य गदै हास्यँव्यग्य प्रर्दशन गर्ने निर्णय समेत गरेको छ । जसको लागि जिल्लास्थित रेसुङ्गा माध्यामिक विद्यालय ,आर्दश विद्या आश्रम लगायतका विद्यालयहरुका विद्यार्थीहरको सहभागीता रहने क्लबले जनाएको छ ।
अहिलेको नयाँ पुस्ताले पुराना संस्कार र संस्कृतिहरु विर्सिदै गरेको हुँदा यी पुराना मुल्य र मान्यताको पनि आफ्नै महत्व भएको हुँदा क्लबले त्यसको संरक्षण र संम्र्वद्धनको लागि कार्यक्रमको आयोजना गरेको क्लबका सचिव झविन्द्र पाण्डेयले जानकारी दिनुभयो ।
बैठकले रोपाईजात्रालाई व्यवस्थित किसिमबाट सम्पन्न गर्नका लागि डोल बहादुर कुवँरको संयोजकत्वमा मुल समिति गठन गरेको छ । भने विभिन्न उप–समितिहरु गठन गरी जिम्मेवारी प्रदान गरेको छ ।
जस अन्र्तगत आर्थिक समितिको संयोजक हिमाल कुवँर,बाजागाजा समिति संयोजक बसन्त श्रेष्ठ, प्रचार प्रचार संयोजक नारायण प्रभात मरासिनी ऋङगार समिति संयोजक कमला थापा,जलपान समिति संयोजकमा हिरा बहादुर थापा रहनुभएको सचिव पाण्डेयले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend