साझा नेटवर्क
कमल पौडेल, गुल्मी साउन २६ ।
मुसिकोट नगरपालिकामा आर्थिक वर्ष २०७४/७५ को लागी ४१ करोड ४३ लाख ७४ हजार ८ सय ४७ रुपैयाँको वजेट विनियोजन भएको छ । कृषि, पर्यटन, उद्योग र पूर्वाधार, मुसिकोट नगरपालिकाको सम्वृद्धि र विकासको आधार भन्ने नारा सहित आज सम्पन्न भएको नगर सभामा नगर प्रमुख सोमनाथ सापकोटाले पेश गरेको वजेटमा पुँजीगत एवं विकास तर्फ १६ करोड ९० लाख २० हजार र चालु तथा साधारण खर्च तर्फ २४ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन गरिएको हो।
संघिय सरकारवाट समानिकरण अनुदानमा १९ करोड ४७ लाख, ससर्त अनुदानमा १५ करोड ५२ लाख, पशु तथा कृषि विकास तर्फ ५८ लाख ३६ हजार, शान्ति मन्त्रालय मार्फत १ करोड ८० लाख, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना बाट २ करोड ६ लाख, राजश्व वाँडफाडवाट ३८ लाख, जिल्ला समन्वय समितिवाट ७ लाख २६ हजार तथा आन्तरिक वजेट ९२ लाख ८५ हजार गरि हुने रकम रकमवाट सो विनियोजन गरिएको हो।
जस अन्तर्गत प्रत्येक वडा मा कम्तिमा १ करोड नघट्ने गरि विकास पूर्वाधार तथा सामाजिक विकासको लागी वजेट विनियोजन गरिएको छ। जस अन्तर्गत सामाजिक विकासमा २१ करोड ७ लाख ७७ हजार वजेट विनियोजन भएको छ । स्वास्थ्य तथा जनसंख्या झण्डै २ करोड विनियोजन भएको छ । खेलकुद तथा मनोरञ्जन तथा सामाजिक सुरक्षा को लागी ५० लाख ७० हजार विनियोजन गरिएको छ।
अति विपन्न परिवारको स्वास्थ्य उपचारको लागी ५ लाख विनियोजन गरिएको छ। आर्थिक विकास तर्फ २ करोड २७ लाख ५३ हजार विनियोजन गरिएको छ भने संस्थागत विकासको लागी ५ करोड ६२ लाख २१ हजार विनियोजन भएको छ। पूर्वाधार तर्फ ९ वटै वडा जोड्ने २ ओटा रिङरोड वनाइने भएको छ।
जसको लागी ६० लाख वजेट विनियोजन गरिएको छ। आपचौर खर्वाङ, मौरिभिर ददल्का, पौदीअमराई निस्ति भञ्ज्याङ सडकलाई स्तरवृद्धि गरिने भएको छ। नगरपालिका भित्रका सडकको स्तरवृद्धिको लागी ३ करोड ५१ लाख वजेट विनियोजन गरिएको छ भने नगरपालिका भित्र लेन्थवर्करको लागी ६० लाख छुट्याइएको छ। यस वर्ष ५ सय घर धुरीमा एक घर एक धारा कार्यक्रम लागु गर्न १ करोड ४६ लाख वजेट विनियोजन गरिएको छ।
साना खानेपानि व्यावस्थापनमा उपभोक्ता साझेदारीमा काम गर्न ९० लाख वजेट विनियोजन गरिएको छ। होम स्टे संचालन तथा आवास व्यावस्थापनको लागी ३५ लाख, नगरपालिका भित्रका खरका छाना हटाउन ३० लाख, नगरपालिकाको केन्द्र मा नगरसभाहल निर्माण गर्न २० लाख, ग्वादीकाचौर रंगशाला निर्माणको लागी ४५ लाख, नगरपालिका भित्रका सिंचाई आयोजनाको लागी ४९ लाख, कफि उद्यमको लागी आँपचौरमा १० लाख वजेट विनियोजन गरिएको छ।
सामाजिक अनुदानका कार्यक्रम चालु वजेटमा समावेश भएकोले पुँजीगत वजेटको तुलनामा चालु वजेट वढि भएको नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम न्यौपानेले बताउनु भएको छ।
बजेटको समुचित प्रयोग को लागी आवश्यक सवै कदम चालिने नगरप्रमुख सोमनाथ सापकोटाले वताउनु भएको छ। वजेटको प्रमाणिकरण पछि पूर्ण विवरण सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend