साझा नेटवर्क
बुटवल, साउन २६ ।
प्रेस सेन्टर नेपाल प्रदेश नं ५ले नेपाल पत्रकार महासंघको महाधिवेशन नजिकिदै गर्दा सम्भावित उम्मेदवारको नाम माथिल्लो समितिमा सिफारिस गरेको छ । विहिवार बुटवलमा सम्पन्न बैठकले प्रदेश कमिटिले केन्द्रिय समितिमा नाम सिफारिस गरेको हो ।
बैठकले प्रदेश कोटावाट केन्द्रिय सदस्य पदमा २ उम्मेदवार उठाउनु पर्नेमा अन्य पत्रकार सम्वद्ध संगठनहरुलाई सहकार्यको लागि वाटो खोल्दै एक जनाको नाम सिफारिस गरेको हो । कपिलवस्तुका वसन्त गिरीको नाम उक्त कोटावाट केन्द्रिय समितिमा सिफारिस गरेको हो । त्यसैगरी वैठकले खुुल्ला सचिवका लागि दाङका अजयदीप शर्मा र आदीवासी तफैवाट रोल्पाका मौसम रोक्कालाई सिफारिस गरेको छ ।
त्यसै गरी खुल्ला सदस्यमा रुद्रहरि कु“वर (रुपन्देही), दिपक भट्टराई (नवलपरासी), नरेन्द्र केसी (दाङ) र सुसिल शर्माको नाम सिफारिस गरिएको उपाध्यक्ष तुफान अधिकारीले जानकारी दिए । त्यसैगरी दिपा घर्ति ( महिला सदस्य) , सिराज खान (अल्पसंख्यक मुस्लिम), प्रेम सुनार (दलित) लाई केन्द्रिय सदस्य पदको लागि नाम सिफारिस गरिएको छ ।
बैठकले आगामी भदौ २८ गते सेन्टर आवद्ध पत्रकारहरुको वृहत भेला गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी एपेण्डीसका कारण विरामी भई अस्पतालमा उपचारत अध्यक्ष मौसम रोकाको शिघ्रस्वास्थलाभको कामना गरेको छ । बैठकको उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका नेता तथा प्रदेश नं ५का इन्चार्ज वर्षमान पुनले मिडिया समाजको दर्पण भएकाले समाजमा सहि सहि सुचना दिई समाज रुपान्तरणमा महत्वपुर्ण भूमिका खेल्ने बताए ।
फ्याक्सन इन्चार्ज ढकप्रसाद शर्माले सामाजिक न्यायको पक्षमा मिडियाले पैरवी गर्नु पर्नेमा जोड दिए । वैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव मनोज घर्ति, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्मा लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend