logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए आइसीसी सदस्य पदमा प्रेम रसाइलीको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसिसि सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन् ।

१५ / १७ कार्यकालमा सचिवालय पदमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए । यस कार्यकालमा कतारमा रहेका श्रमिकहरुको पक्षमा महत्वपुर्ण भूमिका निर्वाह गरेका प्रेमले एनआरएनएलाई श्रमिक मैत्री बनाउन सक्रिय रहेका छन् ।

म्याग्दी जिल्लावासीहरुको साझा सस्था मोना कतारको सस्थापक अध्यक्ष समेत रहेका रसाइली कतारमा विश्वकर्मा समाजको सस्थापक सल्लाकार. दलित एकता संजालका वरिष्ठ सल्लाकार र साझा मंच कतारको सल्लहाकार लगाएत विभिन्न सामाजिक संघसस्थाहरुमा समेत आबद्द रहेका छन ।

झन्डै २ दसक देखि कतारमा रोजगारी गर्दै एक प्रेम रसाइली कतारको प्रतिष्ठित स्थानीय कम्पनि जनरल सुपरभाइजरको रुपमा कार्यरत रहेका छन । मेरो उमेद्वारी किन?

उनले आफ्नो उमेद्वारी किन त भन्ने प्रश्नमा पद्धति प्रक्रिया बिधि र विधानको पालना गर्दै कतारको निर्देशिका, संघको बिधानमा रही कतार र नेपाल सरकार को बिचमा पुलको काम गर्न गराउन, नेपाली राजदुताबाससंग समन्नय गरि हामी नेपालीको हक हितका निम्ति लाग्ने उनको भनाई थियो

त्यसैगरि एनआरएनएको अभियानलाई मध्यपूर्वको एजेण्डा मजवुद गराउदै अगाडी लैजाने सोचका साथ आइसीसी सदस्य उमेद्वारी दिएका रसाइली निस्वार्थ भावनाले सेवाका आफुले समर्पित गरेको बताए ।

साथै नेपाली दाजुभाई तथा दिदिबहिनी कलाकार, खेलाडी ब्यापारी र श्रमिकका रुपमा प्रवासमा भोगेका समस्या समाधान लागि आफ्नो बलबुता र बिबेकले सकेसम्म समाधान गर्न सदैव तत्पर रहने छु उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend