logo
  • शनिबार, असोज १० २०८३

८९ वर्षको उमेरमा एक वृद्धले पाइन नागरिकता


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी साउन २६ ।
गुल्मीमा ८९ वर्षिय बृद्धाले नागरिता पाएकी छिन् । जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजनामा र इस्मा गाउँपालिकाको संयोजनमा घुम्ती शिविरमाबाट हाल सम्म नागरिता लिनबाट बञ्चीत ३ जनाले बृद्धबृद्धाले अबस्थामा नागरिता पाएका छन् ।
हालसम्म नागरिकता लिनबाट बन्चित भएका इस्मा गाउँपालिका वडा नम्बर २ स्थित ८९ बर्षिय देउकी कुवँर, सोहि वडाकै ८१ बर्षीय खगी कुमाल, वडा नम्बर ५ अपांगता भएका ७२ बर्षीय नाम बहादुर जोगि कुवँरले नागरिता प्राप्त गरेको गाउँपालिकाका कार्यकारी अधिकृत सरोज पोखरेलले जानकारी दिए ।
शिबिरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी आफै पुगी ति बृद्ध बृद्धाहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । उनिहरुले नागरिता लिन सदरमुकाम नआएको र केहिको संरक्षक समेत नभएकोले हाल सम्म नागरिता नलिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत रामचन्द्र पन्थीले जानकारी दिए ।
हालै सम्पन्न निर्वाचनमा निर्वाचित जनप्रतिनिधीले खोज्नुभयो पन्थीले भने ‘उनिहरुको रोहवरमा ति नागरिता लिनबाट बञ्चीतलाई नागरिता प्रदान गरियो । नागरिकता नवनाउदा ति बृद्धबृद्धाहरुले नेपाल सरकारबाट प्राप्त बृद्धभत्ता समेत लिनबाट बञ्ची थिए । बृद्ध अबस्थामा आएर भएपनि नेपाली नागरिता पाउँदा खुसीले दङ्ग परेका थिए ।

उनिहरुले मर्ने बेलामा भए पनि नागरिता पाएकोमा खुसी ब्यक्त गरेका थिए । उनिहरुले नागरिता लिएसगै खुसी ब्यक्त गर्दै नाचेका समेत थिए । दुइ दिनमा धेरै उत्साहपूर्ण सहभागित देखियो प्रशासकिय अधिकृत पन्थीले भने ‘गाउँगाउँमा बेला बखतमा यस्ता शिबिर लैजानाले केहि सदरमुकाम सम्म आउन नसक्ने तथा अन्यलाई समेत फाइदा मिल्नेछ ।

गाउँपालिकामा २ दिन सम्म चलेको शिबिरबाट ३सय २९ जनाले नागरिकता प्राप्त गरेका थिए । जसमध्ये ७७ जना पुरुष र २ सय ५२ जना महिला रहेका छन् । शिबिरबाट नागरिता लिनेहरुमा अधिकतम धेरै महिलाहरुको संख्या रहेको छ ।

त्यस्तै स्थानिय तहमै सञ्चालित फोटो सहितको मतदाता नामावलीमा संकलनमा साउन १६ गतेबाट इस्मा गाउँपालिकामा ३सय ४७ जनाले मतादाता नमावलिमा आफ्नो नाम दर्ता गराएको कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । सेवाग्रहीलाई स्थायिन तहबाटै सेबा प्रदान गर्ने उदेश्यले इस्मा गाउँपालिका नागरिता बितरण गर्ने कार्यक्रम राखेका छन् ।

वर्षातको बेला सदरमुकाम पुगेर नागरिकता वनाउन असहज हुने तथा स्थानीय तहबाटै फोटो सहितको नामवली संकलन भइरहेकाले सहज बनाउन गाउँपालिकामै दुई दिने शिविर राखिएको कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए ।

नागरिता वितरण गर्न जिल्ला प्रसासन कार्यालय गुल्मीका प्रसासकीय अधिकृत रामचन्द्र पन्थीको नेतृत्वमा पाँच जनाको टोली इस्मा खटिएका थिए । नागरिता शिबिर सञ्चालनले मतदाता नामावली संकलन कार्यलाई समेत प्रत्यक्ष फाइदा पुग्ने स्थानियको भनाइ रहेको छ ।

फोटो सहितको नामावली संकलनलाई प्रभावकारी बनाउन भन्दै जिल्लाका अन्य नगर र गाउँपालिकाले पनि नागरिता बितरणको लागी शिबिरको आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend