साझा नेटवर्क
अनिल खत्री, गुल्मी साउन २६ ।
गुल्मीमा लैंङ्गिक हिंसाका घटनामा कमी आएको छ । गत आर्थिक वर्ष २०७२÷०७३ भन्दा आर्थिक वर्ष २०७३/०७४मा लैंङ्गिक हिंसाका घटनामा कमी आएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्ग अनुसार २०७२/०७३ मा १ सय ३४ घटना प्रहरी कहाँ आएका थिए भने आर्थिक वर्ष २०७३/०७४मा ९५ वट घटना प्रहरी कहाँ आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानरकारी दिए ।
हिंसाका घटना मध्ये २०७२÷०७३मा १ सय २१ घटना मिलापत्र भएका छन् । जसमध्ये बाँकी ११ वटा अदालत गएका छन् भने २ जना बिपक्षी फरार,निबेदकले वास्ता नगरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्गमा उल्लेख रहेको छ । गएको आर्थिक वर्ष २०७३÷०७४मा ५१ वटा घटना मिलापत्र भएका छन् भने १८ वटा घटना अदालत गएको उपरिक्षक नेपालले जानकारी दिए । घटना मध्ये २६ वटा बिपक्षी फरार,निबेदकले वास्ता नगरेको पाइएको छ ।
चालु यो आर्थिक वर्ष सुरुवातमै ३ वटा लैंङ्गिक हिंसाका घटना प्रहरी कहाँ आएका छन् । ति घटनाहरु दुबै पक्षको रोहवरमा मिलपत्र समेत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्धाशाखाका असई सत्यनारायण यादवले जानकारी दिए । लैंङ्गिक हिंसाका उजुरी दिने अधिकांश निबेदनको ब्यहोरामा श्रीमानले खाना लाउन नदिएको रक्सी सेवन गरी कुटपिट गर्ने गरेको, धनपैसा लिई श्रीमती अर्कै संग जाने, माइती बस्ने गरेको पाइएको असई यादवले जानकारी दिए ।
श्रीमानको कमाई सकिई पुनः खाना लाउन नदिएको भनि मानाचामलको लागी मुद्धा दिने गरेको जस्तो पाइएको यादवले बताए । हिंसा मध्ये जिल्लामा पुरुष पिडित घटनाहरु पनि आउने गरेका छन् ।
पुरुष पीडितहरुको निबेदन सम्बन्धमा अधिक्तम बिदेशमा बसेको बेलामा बच्चा पढाउने वा सीप सिक्ने भनि ग्रामिण बाट शहरमा कोठा लइ बस्ने महिलाहरुले पर पुरुष संग लागी श्रीमानको कमाईको चरम दुरुपयोग गर्ने र श्रीमान बिदेशबाट घरमा आउने समयमा भागी बेपत्ता हुने गरेको पाइएको प्रहरी उपरिक्षक नेपालले जानकारी दिए ।
निबेदन परे पछि कुरा गर्ने क्रममा अधिक्तम सम्बन्ध बिच्छेद (डिभोर्समा) टुंगिने गरेको नेपालको भनाइ रहेको छ । श्रीमानबाट पुनः धनमालको माग गरी सहमती गरी अदालत जाने गरेका पनि छन् । जिल्लामा लैंङ्गिक हिंसाका घटनामा कमी आउनुमा समाजमा केहि परिर्वतन आएको हुनसक्ने अधिकार कर्मीहरुको भनाइ रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend