logo
  • शनिबार, साउन ३० २०८३

छाडा गीतलाई रूचाउने दर्शक श्रोताकै भिड छ : गायिका पार्वती स्त्री


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

लामो समयदेखि साँगितिक क्षेत्रमा लागि रहेकी र पछिल्लो समयमा चर्चा बटुल्दै गरेकी गायिका पार्वती स्त्रीसंग सांगितिक क्षेत्रमा भए गरेका गतिविधिहरुलाई समेट्दै साझा नेटवर्क डटकमका लागि गरीएको रमाईलो कुराकानी ।

पार्वती जी स्वागत छ (साझा नेटवर्क डटकममा) यहाँलाई ।

हजुर धन्यवाद, एवम् साझा नेटवर्क डटकम लगअन गरेर बस्नु भएका सम्पूर्ण पाठक वर्गहरुमा नमस्कार तथा जयसंगत !

आज भोलि के गर्दै हुनुहुन्छ ?

आजभोली त तिजको चटारो चलिरहेको छ तीजकै रमझममा व्यस्त छु । साथै अन्य गीतहरुको तयारी गर्दै छु । रेकर्ड कार्य भईरेकोले त्यता पनि व्यस्त नै छु, विशेष भन्नु पर्दा आफ्नै दैनिकीमा व्यस्त छु ।

तपाईको सांगीतीक यात्रा कहाँबाट र कसरी शुरु भयो ?

सानै देखि गाउन र नाच्नमा रुची लाग्थ्यो, स्कुल पढ्दाको समय देखि नै विभिन्न ठाउमा प्रतियोगितामा भाग लिन्थे र प्रथम स्थान हासिल गरेकी थिए सबैको माया र हौसलाले सांगीतिक यात्रा सुरु भएको हो । र निरन्तर सांगीतिक यात्रामा लागेको ५/६ वर्ष भयो ।

गायन क्षेत्रमा लागेर खुसी हुनुहुन्छ ? कस्ता खाले संगितमा बढी रुची राख्नुहुन्छ ?

गायन क्षेत्रमा लागेर खुसी भन्दा पनि आनन्दित छु । यसले थप उर्जा पनि दिएको छ, खाली समयमा सधै संगित मै हुन्छु गितहरु गुन-गुनाउन मनपर्छ । साथै म आधुनिक सगै लोक गीतमा बढी रुची छ, तर गाउन र सुन्न सबै किसिमका नेपाली गित सङ्गीत मन पर्छ ।

तपाईलाई अरुले कस्तो खालकी गायिका भनेर चिन्छन ?

हजुर मैले शन्देस मुलक गीतहरु बढी गाउने गर्छु । शब्द मन परेमा गाउछु जुन पायो त्यहि शब्द गाउन अप्ठ्यारो लाग्छ । गीत संगीतले फरक स्वाद फरक सन्देस दिनुपर्छ भन्ने सोच ममा सधै रहन्छ । त्यसैले सकरात्मक सोच सकरात्मक उर्जा प्रदान गर्ने गायिकाको रुपमा लिनुहुनुन्छ जस्तो लाग्छ ।

तपाईको यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?

मेरो यो यात्रामा तारिफ भन्दा पनि गाली बढी सुन्न पाए जस्तो लाग्छ, मेरा कमि कमजोरीहरु बताई दिनुभए सुधार्ने मौका पाउने थिए । दर्शक श्रोताहरुकै सल्लाह सुझावले नै मलाई भावी दिनहरुमा अगाडी बढ्नमा थप प्रेरित गर्ने छ । साथै मलाई साँगितिक यात्रामा तारीफ र सपोर्ट गर्नुहुने आदरणीय दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निरन्तर माया, सहयोग र सल्लाह सुझावको अपेक्षा राख्दछु ।

यस क्षेत्रको बारेमा तपाईको बुझाई कस्तो छ ? यो क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?

यस क्षेत्रको बारेमा मेरो बुझाई भन्नुपर्दा आजकाल नयाँ कलाकार भित्रने क्रम तीव्र छ । जानी नजानी आफै गायक, मोडल बनिदिने र लगानी पनि आफै गर्नेहरुको भिड बढी छ । जसले गर्दा राम्रो प्रतिभा भएका र पुराना कलाकारहरु ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ । यो क्षेत्रमा लागेर म निकै खुसि र सन्तुष्ट पनि छु ।

गायक हुनका लागि नभई नहुने विशेषता के होला ?

गायक बन्न त्यति सजिलो छैन, यो एउटा मनले मनसँग लडाई गरेर दर्शक र श्रोताहरुको मन जित्नु पर्छ, उहाहरुको मनम आफ्नो प्रतिभा बास गराउन सक्नु पर्छ । यसमा मिठो स्वर मात्रले पुग्दैन रचना अनि लय पनि उत्तिकै मिठो चाहिन्छ र प्रस्तुत गर्ने तरिकामा भर पर्छ ।

स्वरसँगै तपाईलाई मन पराउने धेरै होलान यस बारेमा बताई दिनुहोस न ?

मलाई मन पराउने या मेरो स्वर मन पराउने हुनुहुन्छ म आफै अनविज्ञ छु । तर मन चाही पार्नु भएको छ, म खुशी छु, सबैलाई माया गर्न चाहान्छु जसले मलाई मन पराउनु भएको छ ।

पछिल्लो समय नेपाली साँगितिक बजारमा माया प्रितीका गितहरु अत्याधिक मात्रामा आएका छन्, तपाइले कस्ता खाले गित गाउन रुचाउनु हुन्छ ?

“सिसा फ्रेममा, संसारै अडियो माया प्रेममा” भने जस्तै अहिले माया प्रेमका कुरा नभएका एल्बम नै चल्न छोडे, तसर्थ नेपाली सांगीतिक बजारमा माया प्रेमका गित अत्यधिक मात्रामा छन, तर मलाई चेतना मुलक गित गाउँ मन पर्छ, जुन गीत सुन्ना साथ मानिसले जीवन जिउने कला सिकोस, कमजोर आत्मा बलियो होस् र केहि गर्न नसकेर रोइरहेको मान्छे आशु पुछेर अगाडी बढ्ने हिम्मत गरोस, त्यस्ता प्रेरणा दिने गितहरु मलाई बढी मन पर्छ ।

अझ भन्नु पर्दा पछिल्लो समय छाडा शब्द र दुरुस्तै रतौली जस्ता गितहरु निस्किएका छन्, यसमा के भन्न चाहनुहुन्छ ?

गीतमा छाडा पन भएको होइन, छाडा हो भनेर थाहा पाईसकेपछी सुन्ने र हेर्नेहरुको भिड बढी भएको हो । राम्रा गितहरु भन्दा त्यस्तै गीतहरु रूचाउने दर्शक श्रोताहरुको भिड बढी छ । यो गित छाडा छ भन्ने थाहा पाउना साथ भिउर कति बढेको हुन्छ । गित सुन्दै र हेर्दै मज्जा लिने अनि छाडा भन्ने ?

कसैले त्यस्ता गीतहरु नहेर्ने हो भने कसलाई जागर लाग्छ यस्ता गित निकाल्ने ? आखिर दर्शक र श्रोताहरुको पनि उत्तिकै हात छ यस्ता गीतहरुलाई हिट बनाउने र तपाइले नै हो त्यस्ता गीतहरुलाई बन्द गराउने कलाकारहरुलाइ मात्र दोष थुपारेर आफु चोखो नबन्नुहोस ।

गायन क्षेत्रमा यहाँ सम्म आईपुग्नु भएको छ । प्रेरणाको स्रोत को हो ?

आदरणीय वरिष्ठ गायक इन्द्र जिसी सँग स्टेजमा पहिलो पटक दोहोरी गाउने हिम्मत गर्नु नै मेरो गायिका बन्ने ठुलो सम्भावना सुरु भएको थियो । त्यस कारण मेरो प्यारो दाजु जनक पन्थ जसले मलाई लोक दोहोरी प्रतिष्ठान गुल्मीमा आवद्ध गराउनु भयो । अनि त्यो लोक दोहोरी प्रतिष्ठान गुल्मीको स-परिवार नै मेरो प्रेरणाको श्रोत बन्यो ।

तपाईलाई अलि फरक किसिमकी गायिका भन्छन नी ?

मलाई फरक गायिका के अर्थमा भन्नुहुन्छ मलाई नै थाहा छैन, तर म अलिक फरक किसिमिको गायिका चाहिँ हु । किनकि गायन सँगै विभिन्न शिप जानेको छु जसले मेरो जीवन जिउनमा सरल बनाएको छ । आफूसँग भएको शिप अरुलाई पनि बाढ्ने शिप नै जीवन साथी हो जसले आत्म निर्भर बनाउछ । त्यसकारण हरेक मान्छेमा यस्तो गुण हुनु पर्छ ।

तपाईको पहिलो एल्बम कुन हो, र त्यसको अवस्था कस्तो रह्यो बजारमा ?

मेरो पहिलो एल्वम १६ वर्षे जवानी हो तर अहिले सम्म भिडियो बनाएको छैन । किनकि त्यो गीतमा मेरो आवाज बच्चाको जस्तो थियो । तर दोश्रो एल्बम भने भँगेरा र भँगेरीले गुड लाएर चल्ला बनायो,तिम्रो मेरो मित्रतालाई गाउले तेसै हल्ला बनायो भन्ने तीज गीत तेजस रेग्मीको शब्दमा गाएकी थिए त्यो पनि मन पराउनु भयो । त्यस्तै विदेश गएको श्रीमानको श्रीमतीहरुलाई लक्षित गरी बनाएको थिए त्यो पनि निकै राम्रो नै भयो ।

अहिलेसम्म कति ओटा एल्बम बजारमा ल्याउनु भयो ?

मैले अहिलेसम्म अडियो र भिडियो गरेर आधा दर्जन एल्बमहरु आफ्नै लगानीमा बजारमा ल्याईसकेकी छु । पछिल्लो समय अन्य साथीहरुको गीतहरुमा पनि स्वर दिईरहेकी छु । ति गीतहरु छिट्टै नै बजारमा आउने तयारीमा रहेका छन ।

आगामी दिनमा यस क्षेत्रमा तपाईको योजना के छ ?

आगामी दिनका बारेमा भन्नु पर्दा आफैले शृजना गरेर हरेक दर्शक श्रोताहरुको मन जित्ने खालका चेतनामुलक गित गाउने छु र सन्देश मुलक गीतहरु बजारमा ल्याउने योजनामा छु ।

हेर्दा सुन्दरी र निकै मिठो स्वर छ, तपाइलाई यस क्षेत्रमा सहयोग गर्ने कोहि हुनुहुन्छ ?

हेर्दा शुन्दरी हुनुमा मलाई खुशी लाग्दैन, एकदिन अवस्य चाउरी पर्छु तर मन भित्रको शुन्दरता बुझ्नेहरुले मलाई कहिले भुल्नु हुने छैन । ज्यान मोटो भएपनि स्वर तिखो छ तर ज्यान पातलो र स्वर खारीएको बनाउने कोशिस जारी छ ।

साथै मलाई यस क्षेत्रमा सहयोग गर्ने धेरै हुनुहुन्छ, पछिल्लो समय मलाई खुमन अधिकारीले धेरै सहयोग गर्दै आउनु भएको छ । यसपाली तिजको गीत “दुर्बिन लाई लाई” उहासंगै गाएकी छु । जुन गीतले यतिबेला बजारमा चर्चा बटुल्दै छ।

संगीत क्षेत्रको कुरा गरिरहदा व्याकिगत कुरा पनि जोड्न मन लाग्यो, तपाइले पढाई कहाँ सम्म पुराउनु भयो ?

मैले आफ्नै जीवनलाई राम्रोसँग पढेको छु, व्यवहारमा लागु गर्ने हो भने जिवन्त सम्म पुग्ने अनुभव सङ्गालेकी छु त्यो नै मेरो पढाई हो ।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?

विदेशका कार्यक्रमहरुको अफर आइरहन्छ, र पहिला पनि अफर आएको थियो तर म आफ्नो व्यस्ततालाई बढी महत्व दिदा गायन क्षेत्रमा अलि कम मेहनत भयो र नजाने कुरा गरे । यसपाली पूर्ण रुपमा लागि परेकी छु आगामी दिनहरुमा निश्चित ठाउमा मात्र जान्छु भन्ने सोच छ ।

तिजको नाममा गितहरु अर्कै भाकामा आए कस्ता गितलाइ तिजको गित भन्ने ?

तिजको गीतहरुको बारेमा भन्नुपर्दा भाका अर्कै हुदैमा तिजको गित नभएको भन्न मिल्दैन किनकि पहिलाको पुराना गितहरुमा पनि भाका फरक थिए । जस्तै आगनिको डिल बसी काली कौवा करायो, के के मा समाचार लियो बरिलै, बाल कृष्ण नाच छम्म छम्म, भगेरी चरीले, ढुकुर चरीको बास बरिलै, नदि आइ सलसली बगी लयो, भगवानलाई भेटन के पाहुर चाहिन्छ, हो दिदि बहिनि हो चुलठिमा फोक्का पारम्ला जस्ता विभिन्न भाकामा गीतहरु थिए ।

त्यस्तै अहिले तिनी भाकाहरु भन्दा फरक भाकामा गाइएका छन । तीजकै लागि गाएपछि तीजकै मान्नु पर्यो नि त । चाहे त्यो ठट्यौली किन नहोस अथवा भगवानकै नाममा किन नहोस ।

तिज पर्वको बारेमा केहि बताई दिनुहुन्छ कि ?

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका केही ठाँमा पनि मनाइन्छ।

भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँछने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।

ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ।

अन्त्यमा दर्शक श्रोताहरुलाई के भन्न चाहनुहुन्छ ?

मेरो यसपालीको तिज गित “दुर्बिन लाई लाई हेर मायालु” भन्ने बजारमा ल्याएकी छु जो जसले हेर्नु भएको छ । एकदम मन पराउनु भएको छ । जसको कारण म ४/५ ओटा गित अरु साथीहरुको गाउने अवसर पाए ।

म निकै खुशी छु किनकि जसले मेरो स्वर मन पराएर गायिका बनाई दिनु भएको छ । उहा दर्शक र श्रोता प्रति म ऋणी छु यसको बदलामा हजुरहरुको मन छुने गित बजारमा ल्याएर ऋण तिर्ने छु । साथै “दुर्बिन लाई लाई हेर मायालु” भन्ने एल्बम सफल हुनुमा सहयोग तथा साथ दिनुहुने गायक खुमन अधिकारी र कृष्ण बाबु प्रति आभार प्रकट गर्न चाहान्छु ।

आदरणीय दर्शक श्रोताहरुले मैले बजारमा पस्किएका गितहरु सुनिदिनुहोस माया गरिदिनुहोस, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनिदिहोस तपाईहरुको माया, सहयोग र सल्लाह सुझाव नै मेरो लागि थप हौसला हुनेछ भन्न चाहान्छु ।

त्यस्तै पाठक वर्गहरुलाई पनि सम्झन चाहान्छु, दैनिक रुपमा साझा नेटवर्क डटकम लगअन गरेर पलपलका खबरहरु पढ्न तथा हेर्न नभुल्नुहोला । सबैमा हरितालिका तिज २०७४ सालको शुभकामना । धन्यवाद !


हेरौ “दुर्बिन लाई लाई हेर मायालु”को भिडियो ।


प्रस्तुती : कुमार “अविरल” पन्थी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend