साझा नेटवर्क
-तिलु शर्मा पौडेल ।
विक्रम संवत २०६४ सालमा गलेश्वरबाट भगबती मोटर बाटो खन्नु पुर्व कसले सोचेका थिए उकालीमा मोटर गुडला भनेर । विकास हो गति लियो मोटरबाटो पुग्यो l गाउको साइनो शहरसंग नजिकियो ।
सबैमा खुसि पनि छायो, तर ग्रामीण क्षेत्रमा खनिएको बाटोको उचित स्याहार नहुदा कसरि बिग्रन्छ भन्ने ज्वलन्त उदाहरण हामीले भोग्दै आएका छौ । ६४ साल यता बेनी राखु बेगखोलाको बाटो कति पटक बिग्रियो होला ? कति गाडी मोटरसाइकल फसे होलान बिग्रे दुबे होलान ? कति करोड रकम त्यो बाटोले खाइ सक्यो होला अझै पनि बाटो जस्ताको तस्तै पिडामा किन छ ?
सोचनीय कुरा यति हो । बटुवाको जुत्ता खराब हुन्छ तर लाखौ दुब्दैन । जो सवारी साधनमा सवार हुनुहुन्छ तपाइँहरुले धेरै दुख कस्ट पाउनु भएको छ । केही योगदान दिनु भएको छ । त्यहाको लागि के त्यति नै तपाईहरुको जिम्मेवारी हो ? तपाइको लाखौ मूल्य पर्ने सवारी साधन कुदाउने बाटो त्यही हो होइन भने तपाईहरु किन अरुको मुख ताक्दै हुनुहुन्छ ।
नोक्सान हजुरहरुको भै रहेको छ दैनिक, सरकारको होइन । हाम्रो जग्गा नोक्सान भा छ, पसिना नोक्सान भा छ तर नि सधै उस्तै अरुको मुख ताक्ने प्रवृतिमा किन छौ ? जमाना सामाजिक सञ्जालको छ । सानो कुरा देख्यौ कि त्यसलाई सामाजिक सन्जालमा पोस्ट गरेर अतिरन्जित गर्नैमा उद्धत छौ । यसको मतलब हामि राम्रो कुरा लाइ पोस्ट गरेर बाहिर ल्याउदैनौ भनेको होइन । तर हामीमा नकारात्मकता बडी छ ।
किनकी हामि कसरि राम्रो गर्ने भन्दा नि कसरि ति बिषय बस्तु बाहिर ल्याउने र पोस्टाउने भन्ने मै समय खर्चेका छौ । मैले उल्लेख गर्न खोजेको गुदी कुरा म्याग्दी जिल्ला अन्तर्गत रघुगङ्गा गाउपालिका वडा नम्बर ३ को बाटोको हो । यो बाटो भएर दैनिक कति गाडी मोटरसाइकल गुड्छन होला ? कतिले यो सास्ती भोग्नु भएको होला ?
कतिले अबका दिनमा नि भोग्नु हुनेछ । यसको समाधान के त् ? स्थानीय प्रतिनिधि आउनु पुर्ब सरकारलाई कतिले गालि गरे । कति बिकास भएको थियो ? अहिले स्थानीय प्रतिनिधि चुनिए पछी सोहि बाटो कति फराकिलो भएको छ त्यो बुझ्नु पर्ने गाठी कुरा यहि छ । स्थानीय प्रतिनिधि हुनुपुर्ब पिप्लेमा ढाट राखेर पैसा उठाएनन कि गलेश्वरमा उठाएँनन ?
गयो कहाँ रकम ? त्यो रकमले कहाँ कहाँ बिकास भएको छ त्यो मेरो नजरले नदेखे नि स्थानीय बासीले मज्जैले देखे/भोगेका छन् । अहिले स्थानीय निर्बाचन पछी निरन्तर रुपमा उक्त सडकमा थप बिकासका कार्यहरु हुदै पनि थिए । हामीमा किन अषार लागे पछी मात्र बिकासको थालनी गर्ने परम्परा छ ?
उक्त बाटोमा बिभिन्न ठाउमा नाली बनाउने कार्य सुरु भएको मैले प्रत्यक्ष देखेको छु एक महिना पहिले । बर्खायाम छ ग्रामीण क्षेत्रको कच्चि मोटरबाटो हो । उक्त बाटोमा कहाँ कहाँ कस्तो समस्या छ भन्ने स्थानिय बासिन्दा देखि सम्पूर्ण राजनीतिक दललाई पूर्ण जानकारी छ । पहल गरे होलान सबैले आफनो आफनो ठाउबाट स्तरोन्नति गर्न तर कार्य सफल देखिएको छैन ।
जसलाई जति जानकारी भए पनि ब्यतिगत रुपमा बाटोको लागि कसले के कति योगदान गरेका छन त्यो देख्न पाइएको छ । हामी बिरोधका लागि बिरोध गर्छौ । सरकार प्रतिकुल हुदा बिरोध गर्छौ । ब्यतिगत नीति या पार्टीगत नीति भन्दा बाहिर हुदा बिरोध गर्छौ किनकि बिरोध नेपालीहरुको रास्ट्रिय रोग हो । बिरोध गरेर खेर फाल्ने समय हामीले उद्धममा लगाउदैनौ ।
अप्ठारो,आवस्यक परेको ठाउ तथा जिम्मेवारी निभाउनु पर्ने बेलामा अरुको मुख ताक्छौ किनकी हामी कति विद्धान छौ भन्नि कुरा बेनी मुस्ताङ जोड्ने मोटरबाटो गलेस्वर भन्दा माथि राखु हुदै लैजानु पर्छ भनेर अड्को थाप्दा थाप्दा काली गण्डकीको तिरै तिर मोटर हुइकेको हेरेर अन्तिममा कुनै जोर नचले पछी बल्ल गाउमा बाटो लग्ने बुद्धिजिबी हौ ।
म्याग्दी जिल्लामा बजेट बचेको छ, त्यो फ्रिज हुदै छ भन्ने नि थाहा हुन्छ । बर्खायाममा ग्रामीणक्षेत्रमा सडकको हालत यहि हुन्छ भन्ने नि थाहा थ्यो । तर हामि यो सबमा ध्यान दिन्नौ रकम निकालेर बिकास गरौ भनेर पहल गर्दैनौ । म्याग्दीमा कति पटक बजेट फ्रिज भएर गयो ।
त्यो फ्रिज भएको रकम यस्ता ग्रामीण सडकको स्तरोन्नतिको लगाउन पहल गर्नु पर्दैनथ्यो ? सडक पिच हुने रकम फ्रिज भएर जान्छ , अनि लेख्छौ वाह ! म्याग्दीका बिकासबादी माननीयहरु बजेट फ्रीज गराउनु भयो है भनेर । कति सजिलो छ । कति राम्रो होइन्छ अरुको नजरमा यस्ता कुरा सामाजिक सञ्जालमा लेख्दा ।
तर हामीले त्यो बाटोमा यात्रा गर्दा एक वटा ढुङ्गा टिपेर त्यहाँ लगेर हाल्ने कस्ट गर्दैनौ गरेको भए सायद यो हिलो कम हुन्थ्यो कि ? ब्यबसायी यात्रु स्थानीय र राजनीतिक दल र तिनका भरौटे मिलेर एक दिन श्रमदान गरे के यो बाटो बन्दैन ? हाम्रा गाउपालिका तथा वडा प्रतिनिधिले मात्र त्यो काम गर्नु पर्ने हो हामि मानब र स्थानीय बासिन्दा भएको कर्म भनेकै नकारात्मकता देखाउनु हो ?
अरुको मुख ताक्नेले ताक्ने मात्र गर्छ माखो मार्दैन । हिजोका दिनमा त्यो बाटो एउटा ढाण बारबार थ्यो । गसडक विभागले खनेर बाटो फराकिलो भयो । केही हप्ता पहिले सम्म दुइ गेयरमा बाइक कुदाउदा कति पटक धन्यबाद भन्यौ विकास गर्नेलाइ ? मैले कसैसंग पूर्वाग्रही भएर या कसैको समर्थनमा भनाइ यहाँ लेखेको होइन ।
बस यति भन्न चाहन्छु सडक हाम्रो सम्पति हो हामीले सरक्षण गर्नु पर्छ माया गर्नु पर्छ । सामाजिक सन्जालमा लाइक कमेन्ट पाउनलाई बिरोध नगरौ सबै मिलेर बिकास गरौ भन्ने नै हो । सक्छौ रचनात्मक काम गर सक्दैनौ गालि पनि नगर ।
त्यो बाटो सबैको हो हाम्रो पनि जिम्मेवारि हो राम्रो गर्ने । सामाजिक सञ्जालमा यस्ता कुरा पोस्टाउने र हिलो माथि ओबानो बन्नेहरुको बौद्धिकतालाई कुरी कुरी ।
(फोटो साभार :- सागर भण्डारीको फेसबुक वालबाट)
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend