logo
  • शनिबार, भाद्र २० २०८३

एनसीसी कतारमा २२९८ जना पंजीकृत सदस्य प्रमाणित


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
एनआरएनए एनसीसी कतारको १७–१९ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावली प्रकाशन गर्दा सम्म २२९८ जना पंजीकृत सदस्यहरु प्रमाणित भएका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको छ । १४ जुलाई २०१७ सम्म ३०५१ जना आवेदकहरुले आवेदन दिए पनि प्रारम्भिक चरणमा एनसीसी कतारले २५८० जनाको नामावली छनौट गरेको थियो ।

यसपाली एनसीसी कतारले जिल्ला र प्रादेशिक रुपमा बर्गिकरण गर्ने क्रममा ब्यबहारिक कारण देखाउदै नवलपरासी परासी जिल्लालाई प्रदेश न. ५ मा र रुकुम जिल्लालाई प्रदेश न. ६ मा राखिएको जानकारी दिएको छ । सोहि प्रक्रियालाई आधार मान्दै एनसीसी कतारको कार्यसमिति चयन गर्ने कार्यवाहक महासचिव तेज कटुवालले बताए ।

विश्वव्यापी संजाल रहेको नेपालीहरुको साझा सस्थाको पंजीकृत सदस्यता लिने सम्पूर्ण सदस्यहरुलाई एनसीसी कतारले हार्दिक आभार प्रकट गरेको छ । संघले आगामी दिनमा संचालन गर्ने गतिविधिहरुमा सकारात्मक तथा रचनात्मक सहभागिता जनाउन समेत अनुरोध गरेको छ ।

संघको आसन्न राष्ट्रिय अधिवेशनका लागी सम्पूर्ण प्रक्रिया पुरा गर्ने क्रममा बिशेष सहयोग गर्नु हुने, राय सुझाव दिनुहुने सबै अग्रज अभियन्ताहरुमा एनसीसी कतारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।


विस्तृत जानकारीको लागि यहाँबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend