logo
  • शनिबार, असोज १० २०८३

अन्तरजातिय विवाहको तिन महिनामै गलामा पासो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी साउन २५ ।
दाङ्ग जिल्ला घर भई वाग्लुङ्ग बजारमा मजदुरी गर्दै आएका देवराज क्षेत्रीले बागलुङकै पैयुँपाटाकी २१ वर्षिया विष्णु सार्की संगं प्रेम सम्वन्ध राखी केहि दिन अघि मात्र वैवाहिक सम्वन्ध स्थापित गरेका थिए ।

विवाहको केहि दिन सम्म त सम्वन्ध सुमथुर रह्यो तस त्यस पछि भने पारिवारिक तनाव र अपस खट्पट सुरु भयो । हिजो साझतिर पनि श्रीमान श्रीमति विच खट्पट भएको बताईएको छ ।

अहिले केहि वेर अघि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा शव पोष्मार्टमका लागि ल्याईएकी उनै दलित युवतीको मृत्यु घटनाकावारे घटना स्थलबाटै फर्किएका प्रहरी संग जिज्ञाषा राख्दा अहिले भर्खरै केहि भन्न नसकीने प्रतिकृया दिए ।

बागलुङ नगरपालिका १४ नारायणस्थानको ठुलाखोरमा आफनो लोग्ने सँगै डेरामा बस्दै आएकी विष्णुर्ले साउन २४ गते डेरा कोठामै घाँटीमा पासो लगाइ आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनले आत्मा हत्या नै गरेको भए पनि कारक अन्तर जातिय विवाह नै भएको स्थानियको बुझाई छ । प्रहरीका अनुसार उनिहरु विच वैवाहिक सम्वन्ध राखेर त्यस कोठामा संगै बस्दै आएको त्यस्तै तिन महिना जति भएको छ ।

नेपाली समाजका अन्य स्थानमा पनि दलित महिलाका लागि अन्तरजातिय प्रेम र विवाह सम्वन्ध कुनै न कुनै दिन गलाको पासो हुँदै आई रहेका बेला वाग्लुङ्गकी विष्णु सार्कीलाई पनि विवाहको तिन महिना नपुग्दै गलामा पासो बन्न पुगेको प्रारिम्भक अनुसन्धानले देखाएको बताईन्छ ।

स्मरण रहोस त्यसै वाग्लुङ्ग सक्न्याराका एक मगर समुदायका युवाले पारी गुल्मी पौदीअमराईकी दलित महिला संग प्रेम सम्वन्ध राखेको र ति दलित महिलाले विवाह गरौं नत्र प्रहरीमा उजुरी दिन्छु भने पछि जातियताकै कारण स्वीकार्न नसकी हत्या गरी बढिघाट खोलामा फालेको घटना अझै एक महिना पुगेको छैन् ।

वाग्लुङ्गका वरिष्ठ पत्रकार विदुर खड्का पनि उनको आत्मा हत्यालाई अन्तरजातिय विवाह सम्वन्ध नै कारक भएको बताउँ छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend