logo
  • शनिबार, असोज १० २०८३

मुसिकोटमा पहिलो पटक दलित युवाले गरे डिग्री पास


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, साउन २५ ।
गुल्मीको मुसिकोटमा मास्टर डिग्री गर्ने पहिलो दलित समुदायका युवा बनेका छन सुरेन्द्र नेपाली । मुसिकोट नगरपालिका र साविकको मुसिकोट गाविस वडा नम्वर७ का नेपाली सामन्य दलित परिवारमा जन्मेका युवा युवा हुन्।

स्थानियका अनुसार २०६२ , ०६३ को जनआन्दोलनमा राजाले गणतन्त्र घोषणा गरी सक्दा समेत त्यहाँका पुराना पञ्चे र छेपारोले झै रङ्ग फेरेका तत्कालिन अवस्थाका कांग्रेस एमालेका नेतृत्व पंक्तिले समेत श्रीपाँच महाराजधिराज कि जय होस… भन्दै नारा लगाउने साविकको मुसिकोट गाविसमा दलितहरु शैक्षिक लगायत धेरै कुराले पछाडी परेका थिए । छिमेकी साविकको वडागाउँ गाविसका मोम बिश्वकर्माले विद्यावराधी गरे १३ वर्षको उमेर देखि आरन चलाएर ।

तर यता मुसिकोटमा दलितहरुलाई दवाउन शिबाय केहि गरिएन । अहिले समेत त्यस गाउँका घर घरमा दलितलाई निम्ता गरेर खान दिएको भाँडा माझ्न लगाईन्छ । त्यस्तो स्थानमा स्कुल र त्यस वरपर समेत चिया र पानी पिएको भाँडा माझेर पढेको नेपाली विद्यार्थीकालमा आफुलाई हिंसा गर्ने र दवाउनेहरुलाई स्मरण गराउँदै फेशवुक स्टाटसमा लेखेका छन त्यही सार्कीको पहिलो छोरोले पहिलो पटक दलितहरुबाट गर्न सक्यो डिग्री । उनि माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् ।

जिल्लामै दलितहरु प्रति सवै भन्दा संकिर्ण गाउँ

केहि दिन अघि जिम्मेवार र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले आयोजना गरेको विजयी उत्सवको भोजमा समेत एकातिर खसी र अर्कोतिर राँगो पाडाको दुई तिर भोज गरेर सार्वाजानिक स्थानमै स्पष्ट विभेद प्रदर्शन गरिएको थियो । त्यो विभेद सार्वजानिक सञ्जालमा आए पछि सो पार्टीले विज्ञप्ती निकालेर खण्डनको नाममा खण्डन गरे पनि विभेद चर्चा र आलोचनाको शिखरमा पुगेको छ ।

चुनावताका भोट बैंक बनाए जस्तै पार्टीका केहि दलित अगुवाहरुलाई राँगो पाडो मै मनाउन निर्देशन गरे अनुरुप आफुहरु अलग भोजको आयोजना गर्न बाध्य हुनु परेको तिनै दलित अगुवाहरुले बताएका छन् । जे गरे पनि लाज पचाउन सिपालु त्यहाँका जुन सुकै पार्टीका ग्रैह दलित नेताहरुले पनि वडा कार्यालयमा समेत चिया मगाई सकेपछि कसैले पेट दुखेको छ ।

कसैले चिया कहिल्लै खान्न भन्दै दलितहरबाट तर्किने गरेको चुनाव अघि सम्म गाविस सहायक रहेका गोपाल नेपालीले बताए । एमालेका मुसिकोट गाउँ कमिटी अध्यक्ष मदनदिप घिमिरेले नै यस्तो प्रतिप्रश्न गरे–दलित भित्रै उच निच छ भने हामीले के गरौं , हामी समस्यामा परेर त्यसो गरेका हौं ।

जिम्मेवार राजनैतिक दलका नेताहरुकै यस्तो अभिव्यक्तिले संविधानमा प्रदत्त दलितहरुको अधिकार कार्यान्वन हुन नदिने षडयन्त्रको संकेतको आशंका उव्जीएएको छ । मुसिकोटलाई रुढीवादी र सामान्ती संस्कारको जगेर्ण स्थल साथै दलितलाई विभेद लगायतमा जिल्लामै शंकर्ण गाउँ भनेर चित्रित गरिदै आईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend