साझा नेटवर्क
संगीता कुँवर, टोकियो साउन २३ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक शृङ्खला टोकियोमा हुने भएको छ । नियमित साहित्यिक कार्यक्रमको ४१ औं शृङ्खला १२ तारिक शनिबार टोकियोमा हुने भएको हो ।
अनेसास जापानद्वारा प्रकाशित कविता संग्रह ’जापानमा नेपाली कवि र कविता’ को बिमोचन गरिने भएको छ । अनेसास नारायणीका सचिव, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक साहित्यकार सुरेन्द्र अस्तफल जापान आईसक्नुभएको अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरेल् जानकारी दिनुभयो ।
कार्यक्रम शिनओकुबोस्थित आरएस आर्ट कोर्ट हलमा अपरान्ह १ बजेदेखि हुनेछ ।कार्यक्रमको तयारी सकिएको साथै समयमै सुरु हुनेभएकोसे सबैलाई उपस्थितीको लागी अनुरोध समेत अनेसास जापानले गरेको छ ।
बिमोचन हुने पुस्तकमा जापानका १ सय ६ जना कविहरुको कविता संग्रहित छन् । जापानमा रहेका कवि गजलकार र साहित्यप्रेमिहरुले साहित्यका प्रस्तुती रहने भएकोले नियमित शृङ्खला सधै बिशेष हुने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend