साझा नेटवर्क
साझा नेटवर्क ।
सेप्टेम्बर ३-२०१७ का दिन एन.आर. एन.ए नेदरल्याण्ड्सको निर्वाचन हुने पक्का भएको छ । २००५ मा नेदरल्याण्ड्समा एनआर एनएको गठन भय देखि नै नेदरल्याण्ड्समा आफ्नो भूमिका देखाउदै आएका मनोहरि शर्मा (ठाकुरप्रसाद शर्मा) को उम्मेदवारीले एतिबेला नेदरल्याण्ड्सको गर्मिलाइ अझै उत्कर्समा पुर्याएको छ ।
शालीन चरित्रका धनि भनेर नेदरल्याण्ड्सको समाजमा आफ्नो छुट्टै स्थान बनाएका शर्माले बिभिन्न कालखण्डमा समाजप्रति खेलेको भूमिकाले शर्मालाई मतदान नै हुदै गर्दा पनि दरिलो स्तम्भ भनेर उनका सहकर्मी मित्रहरु टिप्पणी गर्दछन।
समाजसेवा गर्न र गराउनको निम्ति पदमै आसिन हुन् पर्छ भन्ने मानसिकता बाट टाडा बस्दै आएका शर्मा अब यो नै सहि समय हो समाजलाई केहि गरेर देखाउने र नेदरल्याण्ड्सको समाजलाई एउटा रेखाचित्र कोरेर देखाउने भन्दछन ।
नेतृत्व हत्याउनको लागि विभिन्न व्यक्तिहरूले आफ्नो उम्मेदवारी दर्ता गरायपनि उनिभने खासै चुनावी प्रचारमा निक्लियको देखिदैन, उनि भन्छन बिगतमा उनले गरेका समाजप्रतिका योगदानहरु नै उनका चुनाव जित्ने अधार हुन।
बिभिन्न व्यवसाय गर्ने र विद्यार्थीसम्मकै आकडालाइ गन्ने हो भने झण्डै दुई हजार नेपालीहरु अहिले नेदरल्याण्ड्समा अस्थाई वा स्थाई बसोवास गर्दै आइरहेका छन।
पूर्व सल्लाहकार पनि रहेका र एन.आर.एन.एको सम्पूर्ण कार्यविधिलाइ प्रस्टसंग नजिक बाट निहालेका उनि चुनाव जित्नेमा कुनै संका नरहेको मन्द मुस्कान छर्दै बताउछन, उनि मृदुल मुस्कान र मीठो बोलिका धनि भनेर नेदरल्याण्ड्सको समाजले चित्रण गर्ने गर्दछ।
नेदरल्याण्ड्समा परिवार सहित बसोबास गर्दै आएका शर्मा एक कुसल ब्यब्साई पनि रहेकोले गर्दा उनि समाजमा राम्रो संग घुलमिल भएको बेक्ती हुन।
एन.आर.एन.ए.को साधारण सदस्य, पुर्व सल्लाहकार तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने शर्माको राजनीतिक पृष्ठभुमि पनि उतिकै चाख लाग्दो रहेको छ।
जनसम्पर्क समिति नेदरल्याण्ड्सको पूर्व अध्यक्ष समेत रहेका शर्माको नेपाली राजनीतिका ठुला ठुला नेता र राजनीतिग्यहरु संग पनि राम्रै उठ बस रहेको र प्रगाड सम्बन्ध भएकोले गर्दा भोलिका दिनमा भैपरि आउने अफ़्ट्याराहरुलाइ उनले सजिलै समाधान गर्न सक्ने नेदरल्याण्ड्समा रहेका नेपालीहरु बताउछन।
नेदरल्याण्ड्समा रहेका नेपालीहरुको सुख दुःखमा साथ दिदै जस्तोसुकै अवस्था आइपरे पनि नेपाली समुदायको हक हितमा निरन्तर काम गरिरहने वाचा गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएको उनि दावी गर्छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend