साझा नेटवर्क
साझा नेटवर्क,बुटवल साउन २३।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीबाट काठमाडौतर्फआउँदै गरेको ना ४ ख ३१०५ नम्बरको टिपर धादिङको धुनीबेसी नगरपालिका ९ खत्रीपौवामा आज टिपरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
टिपरले सडक पेटिमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको थियो । ठक्करबाट धादिङ धुनीबेसी नगरपालिका.९ का १८ वर्षीय अजय तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
ठक्करबाट घाईते भएको ३ जनालाई उपचारका लागी काठमाडौं वीर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार रहेको टिपरको खोजी कार्यभईरहेको जिल्ला प्रहरी धादिङले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend