साझा नेटवर्क
देबेन्द्र केसी,नयाँ दिल्ली ।
साझा नेटवर्क डट कममा प्रसारित ” सरकारी लोगो मा किन राख्यो मन्च ले पशुपतिको मन्दिर ” शिर्शक को समाचार आएपछि दिल्ली स्थित गैर राजनितिक संस्था पशुपति सम्पर्क मन्च ले सरकारी लोगो लाई आफ्नो फेसबुक बाट हटाउदै आजैका मिति बाट नयाँ लोगो सार्वजनिक गरेको घोषणा गरेको छ।
मन्च ले यस अघि सरकारी लोगो लाई सम्पादन गरेर बिचमा पशुपतिनाथ मन्दिर को फोटो सहित को लोगो बनाएको थियो। मन्च को आधिकारीक फेसबुक पेजमा महासचिव तथा मन्च प्रवक्ता रमेश शर्मा लम्सालले रजिस्टर्ड नंम्बर ८९००४५७ र पान नंम्बर AAHR58669K अंकित नयाँ लोगो जारी गर्दै अब सोही लोगो नै आधिकारिक रहने बताएका छन । “लोगो बनाई सकेका थियौ तर कार्यब्यस्तता ले सार्वजनिक गरिएको थिएन ।
अगस्तको कार्यक्रमको पम्पेलेट मा नयाँ लोगो राख्ने सहमति भएपनि पम्पेलेट बनाउने भारतिय साथी ले पुरानै लोगो राखिदिएछ त्यसलाई सच्चाएका छौ ” महासचिव लम्साल ले भने बाह्र बर्ष पहिला दुताबास कै सहमतिमा पुरानो लोगो बनाएको र हुबहु नभए चल्छ भनेर तत्कालिन कार्यबाहक राजदुत खगनाथ अधिकारी ले दिएको सल्लाह अनुरुप नै लोगो कायम गरिएको पनि लम्साल ले थपे ।
मन्च अध्यक्ष तुलसी राम शर्मा ले छापिएको समाचार बारे आक्रोस पोख्दै नेपाल पत्रकार महासंध भारत शाखा लाई नसोधी किन समाचार लेखेको भन्दै कडकिए । समाचार लेख्दा महासंघ बाट एप्रुबल गराउनु पर्छ र ?भन्ने पङ्तिकारको प्रश्न मा उनि बोल्न मानेनन राज्यको लोगोलाई तरोड मरोड पारेर कुनै संस्था को लोगो बनाउन दिने अधिकार दुताबास लाई कल्ले दियो ?
समाचार बनाउदा एफ एन जे संग सोध्नु पर्छ भनेर कडकिने तुलसी शर्मा लाई के महासंघ बाटै गुलियो बचन त मिलेन ? प्रश्न हरु गम्भिर छन तर मन्च ले जुन तदारुपता लोगो परिबर्तन गर्नमा देखायो यो प्रसंसनिय छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend