साझा नेटवर्क
देबेन्द्र केसी ,नयाँ दिल्ली।
नयाँ दिल्लीमा असाह्य ,अपाङ्ग र गरिब नेपाली हरुको भलाई गर्ने दावी गर्दै खोलिएको सँस्था पसुपति सम्पर्क मन्च ले नेपाल सरकार को लोगो को चरम दुरुपयोग गरेको छ त्यो पनि लोगो मै छेडछाड गरेर ।
अस्तित्वमा आए देखी नै लोगो को अनाधिकृत प्रयोग गरेको मन्च ले लोगो को मध्य भागमै छेडछाड गरेर पशुपति नाथको मन्दिर राखेको छ । गजवको कुरा त के छ भने त्यही अनाधिकृत लोगो प्रयोग गरियको निमन्त्रणा पत्र नेपाली दुतावास सम्म पुग्ने गरेको छ र त्यही पत्रलाई आधार मानेर दुतावासका प्रतिनिधि पनि मन्च को रंगारंग कार्यक्रम मा सामेल हुन्छन ।
हरेक देशमा जस्तै नेपालमा पनि रास्ट्रिय लोगोको ब्यक्तिगत प्रयोग बर्जित गरियको छ र यहाँ सम्म कि पुर्व राष्ट्रपतिले सम्म यो लोगो प्रयोग गर्न पाउदैनन तर भारत को राजधानी दिल्माली मा भने त्यो संस्था ले लोगो को मात्र दुरुपयोग गरेको छैन मुख्य भागमै छेडछाड गरेर आफ्नो लोगो बनाएको छ ।
स्मरण रहोस नेपालमा राष्ट्रिय झण्डा लाई घर,पसलमा फहर्याउन र संस्थाको लेटर हेड तथा कार्यक्रम स्पटमा फहर्याउने अनुमति दिएको छ । राज्यको लोगो लाई छेडछाड गर्दै चरम दुरुपयोग गर्ने मन्चलाई समन्धित निकायले कस्तो कार्वाही गर्ला त्यो भने हेर्न बाँकी नै छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend