साझा नेटवर्क
कमल पौडेल, बागलुङ साउन २१।
खर्वाङ बजार व्यावस्थापन समिति को वैठक आज जिल्ला समन्वयको समितिको भवन मा सम्पन्न भएको छ।
बैठकले हरेक हप्ताको सरसफाई कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने जसअनुसार हरेक सनिवार विहान ७ वजे वातावरणीय सरसफाई गर्ने, निर्णय गरेको छ।
त्यस्तै वैठकले घरको छतको पानी सडकमा नफाल्ने विद्युत पोलहरुलाई व्यवस्थित गर्ने, यात्रु वाहक सवारी साधनले जथाभावी फोहोरमैला वजार क्षेत्रमा फाल्ने तथा यातायात व्यावसायीका काउन्टरहरुले वजार हित विपरित काम गर्ने गरेको पाइएकोले सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने लगाएतका निर्णय गरेको छ।
बैठक बजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेलको अध्यक्षता तथा विष्णु प्रसाद खरेलको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend