साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी साउन २१।
मुसिकोट नगरपालिकामा यहि श्रावण २८ २९ र ३० गते नागरिकता टोली आउने भएको छ। नगरँपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार सदरमुकाम पुगी नागरिकता वनाउन वर्षाको समयमा असहज भएकोले नगरपालिकामै तिन दिने शिविर राखिएको हो ।
मतदाता नामावली संकलन कार्यलाई समेत मध्यनजर गरेर नागरिकता वितरण गर्न लागीएको हो । नागरिकता प्रमाणपत्र नभएका, १६ वर्ष उमेर पुगेका मुसिकोट नगरपालिका भित्रका नागरिकलाई केन्द्र वामी टक्सारमा पुगी नागरिकता वनाउन नगरपालिका कार्यालयले अनुरोध गरेको छ ।
त्यस्तै १८ वर्ष उमेर पुगेका नागरिकहरुको लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य नगरपालिका केन्द्र वामीमा चलिरहेको छ । जनताहरुको माग अनुसार मतदाता नामवली दर्ता र नागरीकता बितरणलाइ एकैपटक ब्यबस्था गर्न सो पहल गरीएको नगरप्रमुख सापकोटाले जानकारी दिनुभयो ।
उहँँले सबै मुसिकोट बासीलाइ उक्त तीन दिनमा नागरीकता लिन र नामावली दर्ता गर्न आग्रह गर्नुभएको छ । उता बाग्लुङ्गको बडिगाड गाँउपालिकामा पनि आजबाट नागरीकता बितरण सुरु गरीएको छ । आज पहिलो दिन ४६ जनाले नागरीकता लिएका छन ।
जसमध्ये महिला २८ जना तथा पुरुष १८ जना रहेको कार्यकारी अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो । भोली बिहान ६ बजेबाट नै नागरीकता बितरणको कार्यक्रम राखीएको समेत उहाँले जानकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend