साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची साउन २० ।
भनिन्छ नेपालका ७५ जिल्ला मध्ये सबै ग्रामिण भेगमा बाटो पुगेको जिल्ला भनेर अर्घाखाँचीलाइ मानिन्छ तर गुल्मी अर्घाखाँची जोडिने सडक खण्ड पछिल्लो समयमा सामान्य पानि पर्यो भनेपनि अबरुद्ध बन्ने गरेको छ । कारण कच्ची बाटो र बर्षातको पानी ।
जिल्लाका सबै ग्रामिण वार्ड अनि टोल टोल मा बाटो त पुगेको छ । तर त्येसरी मापदण्ड र ग्रेड नमिलाई खनाईयेका अस्थायी बाटोहरुले उल्टै स्थाई बाटोहरुलाई समेत अबरोध तुल्याउने।भुक्षेय।पहिरो जाने लगाएतका समस्या निम्त्याएको पाइन्छ । केहि दिन यता लगातार परेको अबिरल बर्षाका कारण अर्घाखाँचीको छ्त्रदेब गाउपालिकाका मरेङ्ग, अर्घातोष, भगवती, छ्त्रगन्ज, ठुलापोखरा लगायतका सबै ग्रामीण वार्ड हरुको जनजिबन प्रभावित बनेको छ ।
बर्षाका कारण अर्घाखाँची सदरमुकामबाट ग्रामीण भेगका लागी छुट्ने लामो तथा छोटो दुरिका सवारिहरु छुट्न नसकेको अर्घाखाँचीको देउराली जिप ब्याबसायि समितिका कर्मचारी चन्द्र थापाले जानाकारी दिनुभएको छ।थापाका अनुसार बर्खाका कारण ग्रामिण भेगका बाटोहरु पानीले खोलेर अत्यान्तै बिगारेको र पहिरो गएको कारण गाडी छुट्ने र पुग्ने समयको समेत कुनै निश्चित नरहने बताउनुहुन्छ ।
सवारीहरु चल्न नसकेपछि आफ्नो कामले अन्यत्र जाने र आउने आगन्तुकहरु समेत हिडेरै आफ्नो गन्तव्य स्थान सम्म पुग्न बाध्य बनेका छन।कतिपये छिटफुट गाडीहरू चलेतापनी यात्रीहरु दोब्बर भाडा तिरी जिपको छतमै समेत बसि जोखिम यात्रा गर्न बाध्य भएको पाइन्छ । बर्षाका कारण सवारी नचलेपछी ग्रामीण भेगहरुमा खाध्य बस्तुहरुमा समेत महङ्गी बढ्दै गयेको छ । भने दिनहु काम गरेर जिबिकोपार्जन गर्ने स्थानीय ज्यामिहरुको दैनिक कामकाज समेत ठप्प बनेको छ ।
बाटो पहिरोका कारण अबरुद्ध बनेपछि आपतकालीन बिरामीहरुलाई समेत उपचारका लागि जिल्ला सदरमुकाम सम्म पनि पुराउन नसकिने अबस्था रहेको स्थानीयहरु बताउन्छन् यसै शिलसिलामा छ्त्रदेब गाउपालिका वार्ड नं ७ तारुभतेराका महेश पाण्डे भन्नुहुन्छ “तिन दिन देखि बाबा बिरामी हुनुहुन्छ थप उपचारका लागि काठ्मान्डु लैजानु पर्ने तर बाटो अबरुद्ध भएका कारण रोकिएर बस्नु परेको छ ।
त्येसैले छ्त्रदेब गाउपालिकाको अबस्थामा स्थानीय निकायका नबनिर्वाचित जनप्रतिनिधी हरुले बिभिन्न नया योजना र कार्यहरु अगाडी सार्नु भन्दा पहिले गुल्मी अर्घाखाची जोड्ने सडकखण्ड दिगो बिकास हुने गरि स्थायी रुपमा कालोपत्रे गर्न पहल गर्नु पर्ने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend