logo
  • शुक्रबार, असोज ९ २०८३

जापानमा हुने नेपाल फेस्टिवलका लागि महिलाको सहभागीतामा पर्चा वितरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगिता कुवँर, जापान साउन २० ।
बिहिवार दिउँसो करिव ३ बजे उएनो पार्क गेटमा जापानी भाषाको आवाज संगै चुले निम्ता दिदै थिए नेपाली महिलाहरु ।१०/१५ जना महिलाहरुको समुह जापानी भाषामा बोलीएको आवाजमा ‘यो महिनाको २६र२७ तारिक उएनोमा नेपाल फेस्टिवल हुदैछ । तपाईहरु सबै परिवार आउँनुहोला । हामी स्वागतको लागी पर्खिनेछौँ’ संगिता अधिकारीको सुरिलो स्वरमा अझ जापानी भाषामा बोलेको बोलीले कैयौँ जापनीले पर्चा पढेँ त कैयौँ हामी आउछौँ । भनेर बाचा पनि गरे ।
यो महिना २६ र २७ तारिक उएनो पार्कमा हुन लागेको नेपाल फेस्टिवलको तयारी संगै प्रचार प्रसार पनि तिव्र बनेको छ । प्रचारकै क्रममा आज ४ हजार पर्चा उएनो पार्कमा मात्रै बाडिएँको छ । क्रियाशिल महिलाको बाक्लो सहभागीता रहेको थियो । कुर्तामा सजिएका महिलाले बाडेका पर्चा सहितको निम्ताले झन पार्क गेट थप रौनक बनेको थियो ।
नेपालको सांस्कृतिक तथा प्राकृतिक पहिचान बारे जापानी माझ बुझाउन जापानमा नेपाल फेस्टिवल सम्पन्न हुदैछ । २ दिने फेस्टिवलमा नेपालको कला संस्कृति भाषा खाना र पहिचान संगै जापानीलाई नेपाल घुम्न आउन अनुरोध गर्ने खालका कार्यक्रम हुनेछन् । जापानमा विभिन्न व्यवसाय,अध्ययन अनुसन्धान रोजगारीका क्षेत्रमा नेपालीहरु सक्रिय छन् । अर्थतन्त्र, बिज्ञान प्रविधि र संस्कृतिको बिकासले फड्को मारीसकेको जापानका नागरिकहरुमा राष्ट्रियताको भावना, सामुहिक मेलमिलाप, ईमानदारीता, काम प्रति जिम्मेवार जस्ता उल्लेख्य गुणहरु छन् । जसका कारण जापान विकासको क्षेत्रमा अगाडी रहन सफल भएको छ । पछिल्ला वर्षहरुमा नेपालीहरुको बढ्दो संख्यासंगै जापानीहरु नेपालको संस्कृति कला,भाषा,भेषभुषासंग नजिक छन् र आत्मीयता पनि उत्तिकै दर्शाउछन् ।

अझ धेरै जापानीलाई बुद्द जन्मेको देश सगरमाथाको देश, प्राकृतिक रुपले सुन्दर देश,बुझाउनै बाँकी छ । बिदेशमा ब्यस्तता र समयको पावन्दीका बिच देशको पहिचान र पर्यटन प्रवद्दधन सम्बन्धी काम तथा कार्यक्रम कम हुन्छन् जसले गर्दा त्यी अवसरहरुमा पनि पर्याप्त प्रवद्दवन गर्न सकिरहेका हुँदैनौँ ।

तर सरल तरिकाले लिने र आ आफ्नो स्थानबाट लाग्ने हो भने सहजै त्यो सम्भव पनि छ । संगै पर्यटन बिकासमा ईटा थपिन सक्छ । नजिकिदै गरेको फेस्टीवलमा पनि नेपाल र नेपालीको पहिचान जापानीलाई बुझाउने र नेपालमा धेरै जापानीलाई स्वागत गर्ने अबसर भएकाले जसले जहाँबाट जे सकिन्छ साथ दिनु आवश्यक छ ।

ईमान्दार,लगनशील,दृढ जापानीहरुबाट हामीले केबल आर्थिक,तथा प्राविधिक साहयता प्राप्त गरेर मात्र हाम्रो परिवर्तको सपना पुरा हुन सक्दैन । बरु आर्थिक,प्राविधिक सहयोग संगै उनिहरुको जस्तो निष्ठा, लगन र मेहनतका केहि अंशहरुको मात्रै भए पनि अनुसरण गर्न सिक्यौ भने धेरै प्रगती गर्न सकिन्छ ।

यतिबेला जापानी समुदाय र भेसबुकका भित्ता एनआरएनएको चुनावको चटारोले रंगिएका छन् । चुनावी माहोलले फेस्टिवलको रौनकता बिगतका बर्षमा भन्दा निकै कम देखिएको छ ।

महिलाहरुको बाक्लो सहभागीता संगै बाडीएको पर्चा र पम्पेलेट बितरणको काम प्रशंसानिय छ । अरु बेला समाज सेवा र देशको भलोका कुरा गर्नेहरुको पुरुषको सहभागीता निकै कम थियो । महिला पर्चा बाड्न ,खादा र स्वयमसेवकको लागी मात्र होईन अवसरहरु आए भने नेतृत्वको लागी पनि तयार रहनेछन् ।

अब स्वयम आफुले हाम्रो फेस्टिवल भनेर सोच्नै पर्छ अरुले गर्देला भनेर कुर्यौ भने ढिलो हुन्छ । हामीले पर्चा बाड्ने पुरुष छैनन भनेका होईनौ । तर पुरुष नेतृत्व तहमा मात्र हो र साना तिना काम महिलाले मात्र गर्नुपर्छ भन्ने सोच हटाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend