साझा नेटवर्क
कमल पौडेल, बागलुङ साउन २०।
बडिगाड गाउँपालिकामा आज देखि नागरिकता वितरण कार्य शुरु भएको छ। पालिका कार्यालय ग्वालीचौर खार माविबाट नागरिकता वितरण गरियको छ।
आज पहिलो दिन दिउसो २ वजे देखि वितरण कार्य सुरु गरिएको र ४५ जनाले नागरिकता प्राप्त गरेको एकिकृत सेवा केन्द्र बुर्तिवाङका प्रमुख जनक थापाले जानकारी दिनुभएको छ।
भोली सनिवार विहान ६ वजे देखि नै नागरिकता वितरण गरिने भएकोले १६ वर्ष उमेर पुगेका तथा नागरिकता नभएका बडिगाड गाउँपालिका भित्रका सवैलाई नागरिकताको लागी उपस्थित हुन गाउँपालिका प्रमुख मेयरसिंह पाइजाले अनुरोध गर्नुभएको छ।
त्यस्तै १६ गते देखि सुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्य जारी रहेको छ। शुक्रवार मात्रै ६० जनाको फोटो खिचिएको तथा हाल सम्म २ सय २८ जनाले फोटो खिचाएको कार्यकारी अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभएको छ।
त्यस्तै गुल्मीको मुसिकोट नगरपालिकामा यहि श्रावण २८, २९ र ३० गते नागरिकता टोली वस्ने भएको छ। १६ वर्ष उमेर पुगेका तर नागरिकता नभएका नागरिकहरुलाई सो समयमा नागरिकता वनाउन मुसिकोट नगरपालिकाको कार्यालय वामी टारमा पुग्न नगर प्रमुख सोमनाथ सापकोटाले आग्रह गर्नुभएको छ।
श्रावण १६ गते देखि फोटो सहितको मतदाता नामावली संकलन कार्य चलिरहेको छ। शुक्रवार ८० जनाको फोटो खिचिएको तथा हाल सम्म ३ सय १३ जनाको फोटो खिचिएको कार्यकारी अधिकृत घनश्याम न्यौपानेले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend