logo
  • शनिबार, असोज १० २०८३

कृषि विकास कार्यालय गुल्मीद्वारा कर्मचारी तथा सञ्चारकर्मी पुरस्कृत


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी साउन १८ ।
कृषि विकास कार्यालय गुल्मीले कार्यालयका कर्मचारी सहित सञ्चारकर्मीलाई पुरस्कृत गरेको छ । कार्यालयको बार्षिक समिक्षा कार्यक्रमको अवसर पारि जिल्ला कृषि विकास कार्यालय गुल्मीले २ कर्मचारी र २ जना सञ्चारकर्मीलाई पुरस्कृत गरेको हो ।

कार्यालयको तर्फबाट कृषि सेवा केन्द्र पुर्कोटदहका प्राविधिक सहायक फुलनदेवी चौधरी र कृषि सम्पर्क केन्द्र तम्घासका प्राविधिक सहायक चेतनारायण पन्थीलाई पुरस्कृत गरिएको हो ।

त्यस्तै पत्रकारिताको माध्यमवाट जिल्लाको कृषि क्षेत्रको प्रचार प्रसार गरेको भन्दै रेडियो स्काईका महेन्द्र भण्डारी र गुल्मी एफएफका तिलाचन पाण्डेलाई पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

पुरस्कृत हुने सवैलाई बधाई दिदै कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानाले पुरस्कार भनेको सेवा प्रतिको उर्जा भएकाले अझै प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । साथै उहाँले अहिलेसम्म कार्यालयले सम्मान गर्ने गरेको भएपनि अब कामको आधारमा जनता आफैले सम्मान गर्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्ष तथा स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले सुरन्दर गाउँको परिकल्पना गरेका सवै जनप्रतिनिधीलाई सफल बनाउन आग्रह गर्नुभयो । ‘योजना जनप्रतिनिधीको काम कर्मचारीको,’उहाँले भन्नुभयो,‘ गाउँमा गएर काम गर्नुस, जनताले सम्मान र स्याबासी दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend