logo
  • शनिबार, असोज १० २०८३

बडिगाड गाउँपालिकामा २० र २१ गते नागरिकता टोली आउने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ साउन १८ ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा यहि श्रावण २० र २१ गते नागरिकता टोली आउने भएको छ । गाउँपालिका का अध्यक्ष मेयरसिंह पाइजाका अनुसार सदरमुकाम पुगी नागरिकता वनाउन वर्षाको समयमा असहज भएकोले गाउँपालिकामै दुई दिने शिविर राखिएको हो।

मतदाता नामावली संकलन कार्यलाई समेत मध्येनजर गरेर नागरिकता वितरण गर्न लागीएको हो । नागरिकता प्रमाणपत्र नभएका, १६ वर्ष उमेर पुगेका वडिगाड गाउँपालिका भित्रका नागरिकलाई ग्वालीचौरमा पुगी नागरिकता वनाउन गाउँपालिका कार्यालयले अनुरोध गरेको छ।

त्यस्तै १८ वर्ष उमेर पुगेका नागरिकहरुको लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य गाउँपालिका केन्द्र ग्वालीचौरमा चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend